0
गोल्डेन न्यूज संवाददाता
 अखण्ड नेपाल कास्की अध्यक्षमा पदम बहादुर कार्की निर्विरोध चयन भएका छन् । कार्कीको अध्यक्षतामा ४१ सदस्य जिल्ला कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा बालकृष्ण सुवेदी, उपाध्यक्षमा दान बहादुर बस्नेत, महिला उपाध्यक्षमा गोमा रायमाझी, क्षेत्र नं.१ उपाध्यक्षमा गणेश बहादुर केसी, क्षेत्र नं.२ मञ्जुश्री बस्नेत, क्षेत्र नं.३ गणेश बहादुर केसी, क्षेत्र नं.४ राम बहादुर क्षेत्री, सचिवमा प्रेम बहादुर थापा, कोषाध्यक्षमा कृष्ण बहादुर थापा, सहसचिवमा शोभाकर पराजुली रहेका छन् । भेलाले सरस्वती हमालको अध्यक्षतामा १३ सदस्य महिला समितिको गठन गरेको छ । समितिको उपाध्यक्ष्मा मिना भण्डारी, सचिवमा मञ्जुश्री बस्नेत, कोषाध्यक्षमा भावना थापा रहेका छन् ।
अधिवेशनको उद्घाटन गर्दै अखण्ड नेपाल पार्टीका केन्द्रीय बरिष्ठ उपाध्यक्ष चतुराखर अधिकारीले राष्ट्रिय सद्भाव कायम गर्न पार्टीले वडास्तरबाट रचनात्मक कृयाकलाप गरिन लागिएकोले देशलाई आत्मनिर्भर ब नाउन सबै लाग्नुपर्ने बताए । कार्यक्रममा महासचिव केशबहादुर केसीले राज्यपक्षले सबै पार्टीहरुलाई समेटी सबैको भावना सम्वोधन गर्न नसकेका कारण देशमा असहज परिस्थिति आएकोले ठूला दलले हठ तोड्नुपर्ने बताए । अधिवेशनले नाकाबन्दीका कारण समग्र नेपालीहरुमा परेको असहज परिस्थिति, अभाव, महंगी तथा कालोबजारी र भूकम्प पीडितहरुले पाउनुपर्ने राहत सहयोगमा सरकारले गरेको ढिलासुस्तीप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । 
क्षेत्री समाज नेपालका केन्द्रीय सचिव कृष्ण थापाले जनसंख्याको आधारमा समान अधिकार प्राप्तिमा सबै एक भएमा जातीय सद्भाव कायम हुनेमा सबै पार्टीहरु लाग्नुपर्ने   बताए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं लुम्बिनी इन्चार्ज उदय बहादुर बस्नेत, केन्द्रीय सदस्यहरु भरत बहादुर बस्नेत, पदम बहादुर कार्की, दिल बहादुर अधिकारी, केन्द्रीय महिला अध्यक्ष प्रमिला कुँवर, रिव बहादुर थापा, पूर्व जिल्ला अध्यक्ष नर बहादुर अधिकारी, मिन बहादुर के.सी., मोति गिरी लगायतले आ–आफ्नो धारणा राखेका थिए ।
पार्टीका बरिष्ठ उपाध्यक्ष बालकृष्ण सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा महिला समाजका केन्द्रीय सदस्य लक्ष्मी अधिकारीले स्वागत, सचिव प्रेम बहादुर थापाले कार्यक्रमको संचालन गरेका थिए ।

Post a Comment

 
Top