0
नेपाली काँग्रेस कास्कीका सभापति एवं सांसद यज्ञबहादुर थापाले नयाँ संविधानमा मजदुरको अधिकार सुरक्षित गरेको बताएका छन् । नेपाल ट्रेड युनियन काँगे्रस कास्कीले वर्तमान संविधान सम्वन्धमा अन्तक्र्रिया कार्यक्रममा बोल्दै थापाले मजदुरको पक्षमा नेपाली काँग्रेस रहेको बताए । उनले कुनै विषय अपुग एवं अहित रहेको भए सविधान संशोधन गरेरपनि मजदुरको पक्षमा उभिनेमा जोड दिए । जिल्ला अध्यक्ष कुलदेवी बरालको अध्यक्षतामा भएको कार्यक्रममा नेता शुक्रराज शर्माले मजदुर सक्षम भएमात्र देशको प्रजातन्त्र बलियो हुने धारणा ब्यक्त गरेका थिए । सांसद शारदा पौडेलले मजदुरले रचनात्मक कार्य गर्दै जानुपर्नेमा जोड दिइन् । नेता शोभियतबहादुर अधिकारीले कार्यकर्ताको गुनासो सुन्न नसक्ने नेताबाट कुनैपनि अपेक्षागर्न नसक्ने बताए । मजदुरमा उत्साहले मात्र परिवर्तन हुने भन्दै नेता अधिकारीले काँग्रेसले कार्यकर्तामा निरुत्साहित अन्त्य गर्न नसकेकोमा चिन्ता व्यक्त गरे । 
कार्यक्रममा कांग्रेस कास्की सचिव कृष्ण केसी र युवराज कुँवरले मजदुरको समस्यामा आफूहरु प्रतिवद्ध रहेको भन्दै संगठन निर्माणमा लाग्न आग्रह गरेका थिए । अन्तक्र्रियामा नेपाल ट्रेड युनियन काँग्रेस पश्चिमाञ्चल अध्यक्ष मुरारी शर्मा, कृषि श्रमिक संघका शिवराज अधिकारी, नेपाल यातायात मजदुर संघका जिल्ला अध्यक्ष जितबहादुर गुरुङ, नेपाल शिक्षक संघका नेता किश्वरदत्त बराल, नेपाल सार्वजनिक सेवा कर्मचारी संघका अध्यक्ष विष्णुशंकर ख्वाउजु, माछापुच्छे्र बैंक कर्मचारी संघका अध्यक्ष विकास श्रेष्ठ, नेपाल ट्रेड युनियन काँग्रेस कास्कीका उपाध्यक्ष घनश्याम रेग्मी, सचिव केशवराज भट्टराई, सहसचिव रुद्र तिमिल्सिना लगायतले बोलेका थिए । अन्तक्र्रिया कार्यक्रममा प्रेस युनियन, वित्तिय सस्था, होटल तथा क्यासिनो, यातायात मजदुर, घरेलु श्रमिक, शिक्षक, किसान लगायतमा आवद्ध मजदुर अगुवाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा मणिपाल शिक्षण अस्पतालमा भएको मजदुर समस्यालाई संबोधन गर्न ट्रेड युनियन काँग्रेस प्रतिवद्ध रहेको उनीहरुले बताएका थिए । मजदुरहरुलाई व्यवस्थापन पक्षले मागको संबोधन नगरेको, आवश्यक सेवा सुविधामा वृद्धि नगरेको, कर्मचारीलाई फुटाउ र शासन गरेको अरोप समेत लगाउँदै अतिथिहरुले छिटोभन्दा छिटो वार्ता र मार्गको सम्वोधन तर्फ लाग्न सम्बन्धित पक्षलाई आग्रह गरिएको छ ।


















Post a Comment

 
Top