0
गोल्डेन न्यूज संवाददाता
एक सातायता अवरुद्ध संवाद शृंखलाबीच एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले मधेसी मोर्चासँग कुराकानी अघि बढाएका छन् । मोरङ रहेका सद्रुभावना पार्टी अध्यक्ष राजेन्द्र महतोसँग बुधबार टेलिफोनमा कुरा गर्दै दाहालले मोर्चाकै आन्दोलन सम्बोधन गर्न संविधान संशोधन भएकाले वार्तामा फर्कन, नाकाबन्दी खोल्न आग्रह गरेका हुन् । टेलिफोन कुराकानीमा महतोले आन्दोलनलाई तार्किक निष्कर्षमा पु¥याउन दाहालको केन्द्रीय भूमिकाको अपेक्षा गरेका थिए । तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठीलाई अपराह्न लाजिम्पाट निवासमा भेटदै दाहालले फेरि परिणाममूखी वार्ताको प्रयास गर्ने आश्वासन दिए । लाजिम्पाट स्रोतका अनुसार त्रिपाठीले कार्यदलको सहमति प्रयास माघ ५ गते प्रधानमन्त्री र केही नेताका कारण तुहिएको, त्यसको पर्सिपल्ट एमालेका कारण रंगेली घटना भएको भन्दै गुनासो गरेका थिए । ‘हामीले मेहेनत गरेर सहमति नजिक पुर्रुयाएको कार्यदल बैठक प्रधानमन्त्रीजीले एकै छिनमा झर्रुयामझुरुम बनाइदिनुभयो, वार्ता अवरुद्ध भएका बेला रंगेलीमा कार्यक्रम राख्नुभयो,’ त्रिपाठीले दाहालसँग भनेको उद्धृत गर्दै लाजिम्पाट स्रोतले भन्यो, ‘समस्या धेरै लम्बिसक्यो, तपाईंले पहल लिनुप¥यो । नत्र अझै आन्दोलन चर्कन सक्छ । लाजिम्पाटबाट फर्केपछि त्रिपाठीले दाहालसँगको छलफल सकारात्मक भएको टिप्पणी गरे । ‘संविधान संशोधनपछि मधेसको सबै माग हुबहु पुरा भइसक्यो भनेर सरकार किन रिल्याक्स्ड मुडमा गएका हो भनी मैले उहाँलाई सोधें,’ त्रिपाठीले भने, ‘उहाँले वार्ता अघि बढाउन कांग्रेस र एमालेसँग कुरा गर्ने वचन दिनुभएको छ ।’ बुधबार स्थायी समिति बैठकमा दाहालले मधेसी मोर्चासँग आफूले संवादको पहल गर्ने बताएका थिए । कार्यदलमा प्रस्तावित राजनीतिक संयन्त्रको कार्य्विधिबारे मोर्चा अझै आश्वस्त हुन नसकेको भन्दै उनले शीर्ष नेताहरुबाट आउने टिप्पणीहरु समझदारीको बाधक बनेको गुनासो समेत गरे ।



Post a Comment

 
Top