0
गोल्डेन न्यूज संवाददाता
बङ्गबन्धु गोल्डकप अन्तर्गत लिग चरणका तीन वटै खेलमा अपराजित नेपालले सेमिफाइनलमा मङ्गलबार माल्दिभ्सको सामना गर्दैछ। नेपाल समूह ‘ए’ को उपविजेताको हैसियतमा सेमिफाइनलमा पुगेको हो भने सो समूहको विजेता आयोजक बंगलादेश हो। नेपालले सेमिफाइनल पक्का गर्न श्रीलङ्कालाई १–० गोल अन्तरले पराजित गरेको थियो, जसमा विमल घर्ती मगरको गोलको योगदान रह्यो। त्यस्तै नेपालले बंगलादेश र मलेसियाको क्लबसँग गोलरहित बराबरी खेलेको थियो । नेपालको सुखद् कुरा यो पनि छ उसले लिग चरणमा कुनै गोल खाएन। नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले सेमिफाइनल भिडन्तका लागि आफ्नो टोली विगतका गल्ती सुधार्दै अघि बढिरहेको बताए। लिग चरणमा हाम्रा खेलाडीले धेरै अवसर गुमाएकाका दुई खेलमा गोलरहित बराबरीको नतिजा आत्मसात् गर्नुपर्यो, वास्तवमा हामीले त्यो नतिजा चाहेका थिएनौँ। अब आउने नकआउट चरणका खेलमा त्यो सुधार गर्नैपर्छ, अभ्यासका क्रममा मैले मेरा खेलाडीलाई अवसरलाई सदुपयोग गर्नेुबारे सचेत गराएको छु ।’










Post a Comment

 
Top