0
शिवशक्ति मार्ग टोल पोखरा–११ मा शिवशक्ति बाल क्लब गठन भएको छ । बालमैत्री नगरपालिका बनाउने नगरपालिकाको कार्यक्रम अन्र्तगत शिवशक्ति मार्ग टोल विकास सस्थाको अगुवाईमा बाल क्लब गठन गरिएको हो । टोल विकास सस्थाका अध्यक्ष पुण्यप्रसाद पौडेलको अध्यक्षता, सचिव धर्मदत्त ढुङ्गानाको सञ्चालनमा सम्पन्न कार्यक्रममा रामकृष्ण केसीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । ६१ जना बालबालिका सहभागि सो भेलाले आभा ज्ञवाली अध्यक्ष, एलिजा श्रीष र स्वर्णिम ढुङ्गाना उपाध्यक्ष, स्वर्णिमा ढुङ्गाना सचिव, सिमरङ रेग्मी कोषाध्यक्ष, अनुज पौडेल सहसचिवमा निर्वाचित भएका छन् । क्लबको सदस्यहरुमा रोशन गुरुङ, न्यूटन गुरुङ, लक्ष्मी लामिछाने, सविना वि.क., अनमोल बस्नेत, सुरज खत्री, सायम मगर, विकास श्रेष्ठ र किमरा गुरुङ सदस्यमा निर्वाचित भएका छन् । कार्यक्रमम वडा नं ११ का सचिव भिवदेव शर्माले वडा नं ११ नमूना वडा बन्न र बालमैत्री सहर निर्माणमा सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा शिवशक्ति महिला उत्थान समूहकी अध्यक्ष उमा श्रेष्ठ, सामाजिक परिचालिका संगीता बराल लगायतले परिवर्तनका लागि बालबालिकाबाट नै सुरु गर्नुपर्ने बताइन ।














Post a Comment

 
Top