0
गोल्डेन न्यूज संवाददाता
केपी ओली नेतृत्वको वर्तमान सरकारले कृष्णप्रसाद भट्टराई आमसञ्चार प्रतिष्ठानबाट नेपाल पत्रकार महासंघका संस्थापक सभापति भट्टराईको नाम हटाएपछि नेपाल प्रेस युनियनले देशभर विरोध कार्यक्रम गरेको छ । यसअघिको सुशिल कोईराला नेतृत्वको सरकारले पत्रकारहरुको क्षमता अभिवृद्धि तथा दक्षता विकासका लागि भन्दै प्रतिष्ठानको स्थापना गर्ने र सो प्रतिष्ठानका संस्थापक सभापति भट्टराईको नामबाट राख्न गरेको निर्णयलाई  वर्तमान सरकारले बदर गरेपछि प्रेस युनियन विरोधमा उत्रिएको हो । यसैक्रममा प्रेस युनियन कास्की शाखाले बुधवार पोखराको विपिचोकमा विरोधसभा आयोजना ग¥यो । सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासंघका पूर्व सभापति किशोर नेपालले बाम नेतृत्वको वर्तमान सरकारले राजनीतिक पूर्वाग्रह राखेर सबैका सम्मानित व्यक्ति भट्टराईलाई विवादमा ल्याउन खोजेको आरोप लगाए । उनले स्व.भट्टराई विदेशी नियोगका प्रतिनिधिसंग अन्तर्वार्ता लिने पहिलो नेपाली पत्रकार भएको स्मरण गर्दै उनका बारेमा अपमानजनक निर्णय गरेर सरकारले समस्त नेपाली पत्रकारकै अपमान गरेको बताए । संस्थापक सभापतिका रुपमा पत्रकार महासंघले समेत स्वीकार गरेको भएपनि पछिल्लो समय पत्रकार महासंघ बामपन्थी विचार मान्नेहरु नेतृत्वमा पुगेपछि भट्टराईको अस्तित्व मेटाउन खोजेको उनले आरोप लगाए । 
यसअघिका सूचना तथा सञ्चार मन्त्रालयस्तरीय निर्णयबाट भट्टराईका नाममा प्रतिष्ठान खोल्नका लागि भएको प्रयास सह्रानीय रहेको भन्दै उनले वर्तमान सरकारले उल्ट्याएको निर्णय तुरुन्त फिर्ता लिन नेपालले माग गरे । सभालाई सम्बोधन गर्दै नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य ऋषिकान्त पौडेलले स्व. भट्टराईलाई नेपाल पत्रकार महासंघको वर्तमान नेतृत्वले संस्थापक सभापतिका नाममा सरकारले गरेको विवादास्पद निर्णयको विरोध गर्न आग्रह गरे । 
पत्रकार महासंघले पछिल्लो सरकारी निर्णयको विरोध नगरे प्रेस युनियन महासंघ विरुद्ध समेत संघर्ष गर्ने पौडेलले चेतावनी दिए । उनले भने–“महासंघले कि आफ्नो संस्थापक सभापति होईन भन्न सक्नुप¥यो, कार्यालयमा रहेको तस्वीर हटाउन सक्नुप¥यो । होईन भने उनका नाममा भएको विवादास्पद निर्णयको विरुद्ध गरोस्् ।” नेपाल प्रेस युनियन कास्की शाखाका अध्यक्ष शिरोमणि बरालको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन सचिव प्रकाशचन्द्र सापकोटाले गरेका थिए ।



Post a Comment

 
Top