0
फेवा विकास बैंक लिमिटेडले आ.व. २०७२÷७३ को दोस्रो त्रयमासमा संचालन मुनाफा १७ करोड ३३ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ । बैंकले सोही अवधिसम्म निक्षेपमा गत आषाढ मसान्तको तुलनामा १ अर्ब १६ करोड रुपैयाँले वृद्धि भइ १० अर्ब ५३ करोड रुपैयाँ पु¥याएको छ भने कर्जातर्फ गत आषाढ मसान्तको तुलनामा ७३ करोड रुपैयाँले वृद्धि भइ ८ अर्ब ८४ करोड रुपैयाँ पु¥याएको बैंकले जनाएको छ ।   बैंकको निस्क्रिय कर्जाको मात्रा अत्यन्तै न्यून रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत रेशम बहादुर थापाले जानकारी दिए । गत आषाढ २८ गतेदेखि पोखराका दुई वित्तीय संस्थाहरु विश्व विकास बंैक लिं र फेवा फाइनान्स लिं एक आपसमा मर्जर भइ राष्ट्रियस्तरको फेवा विकास वैंकको रुपमा कारोवार गर्दे आइरहेको छ । बंैकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी २७ वटा शाखा कार्यालय मार्फत सेवा दिंदै आइरहेको छ । बैंकले आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबीबीएस, एटीएम, एसएमएस बैकिङ्ग सेवा, लकर सेवा, सुन धितोमा कर्जा सुविधा, रेमिट्यास  लगायतका सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

Post a Comment

 
Top