0
हरि पन्त÷गोल्डेन न्यूज
पोखरामा मंगलबारदेखि फुटवलको कुम्भ मेला शुरु हुँदैछ । उक्त कुम्भ मेलाको सम्पूर्ण तयारी पुरा भएको छ । आयोजक सहारा क्लवले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार प्रतियोगिता माघ ५ देखि १६ गतेसम्म संचालन हुँदैछ । प्रतियोगितामा ३ विदेशी सहित १२ टीमको सहभागिता रहनेछ । प्रतियोगितामा नेपालका ए डिभिजन क्लबहरु, आयोजक र तीन विदेशी सहित १२ टीमको सहभागिता रहने सहारा क्लबका अध्यक्ष वीरभद्र आर्चायले जानकारी दिए । प्रतियोगितामा थ्रीस्टार क्लब, लक्ष्मी हुण्डाई मनाङ्–मस्र्याङदी क्लब, विभागीय टीम आर्मी, सशस्त्र प्रहरीको एपिएफ र नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, झापा–११, नव जनजागृति युवा क्लब सिमरा, आयोजक सहारा क्लबका साथै  ईन्डियन आर्मी गोर्खा ब्रिगेट टीम, युनाईटेड सिक्किम एफसि भारत र रहमदगञ्ज एमएफ सोसाईटी बंगलादेश प्रतिस्पर्धा गर्नेछन् । 
विजेताले पाँच लाख १ हजार १ रुपैयाँ नगद र शिल्ड मेडल, प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले दुई लाख ५१ हजार एक रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन् । गतवर्षमा विजेताले ३ लाख ५१ हजार र उपविजेताले दुई लाख एक हजार प्राप्त गरेका थिए । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई एक थान हिरो स्कुटर प्राप्त गर्ने छन् । त्यस्तै उत्कृष्ट गोलकिपर, डिफेन्स, मिड फिल्ड, स्ट्राईकर र प्रशिक्षकलाई जनही १५ हजार रुपैया नगद प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताको सर्वाधिक गोलकर्ताले २५ हजार रुपैया प्राप्त गर्नेछ ।
प्रतियोगिता सम्पन्न गर्न ७९ लाख ६२ हजार रुपैयाँ खर्च अनुमान गरिएको छ भने ९९ लाख ९२ हजार रुपैयाँ आम्दानी गर्ने अपेक्षा आयोजकको छ । बचत रकम क्लबद्वारा सञ्चालित कठिन परिस्थिति एवं विपन्न वर्गका बालकहरुको भरणपोषण, शिक्षादीक्षा समेतमा खर्च गरिने आयोजकले जनाएको छ । क्लबले पोखरा–१७ दोविल्लामा सञ्चालन गरेको सहारा एकेडेमीमा हाल १६ जिल्लाका २६ जना बालकहरु आश्रित छन् । प्रतियोगितालाई हिमश्री फुडस् प्रा.लि.को उत्पादन आहा तथा रारा तयारी चाउचाउले मुख्य प्रायोजन गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं पूर्व सांसद सूर्यबहादुर केसीले सहारा संग जोडिएर अनाथ र असहय बालकहरुलाई सहयोग गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताए । उनले सहारा क्लव जस्तै सबै जिल्लामा एक–एक क्लव हुने हो भने खेलकूद क्षेत्रले ठूलो फड्को मार्ने दावी गरे । नाकाबन्दीले मुलुकनै संकटमा परिरहेका बेलामा पनि सहाराले महत्वपूर्ण जमर्को गरेको भन्दै यस अवधिभर अवरोध हुने खालका कुनैपनि गतिविधि नगरिदिन केसीले आग्रह गरे । पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिका अध्यक्ष खगराज पौडेलले सहारा क्लवलाई विगतमा गरेका सहयोगलाई यस पटकदेखि दोब्बर बनाइने बताए । उनले पोखरा र सिंगो पश्चिमाञ्चल सहारा र आहारारा गोल्डकपमय भएको भन्दै पोखरालाई खेलकूदको राजधानी बनाउन सहाराले खेलेको भूमिकाको सह्राना गरे । सहाराद्वारा संचालित एकेडेमीलाई राज्यले हेर्नुपर्नेमा जोड दिंदै अध्यक्ष पौडेलले त्यसका लागि अर्थ मन्त्रालय, राष्ट्रिय खेलकूद परिषद लगायतका निकायमा आफूले पहल गर्ने प्रतिवद्धता जनाए । 
क्लवका अध्यक्ष वीरभनद्र आचार्यको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा वरिष्ठ उपाध्यक्ष एवं प्रतियोगिता संयोजक केशव बहादुर थापा र महासचिव केशवराज बरालले पनि प्रतियोगिता बारे प्रकाश पारेका थिए । उक्त अवसरमा बलेनी चलचित्रका निर्माता देव गुरुङद्वारा प्राप्त सहयोग ५२ हजार रुपैयाँ क्लवलाई प्रदान गरिएको थियो भने एकेडेमीका बालकहरुलाई प्रशिक्षण दिएका प्रदीप हुमागाइँलाई सम्मान गरिएको थियो ।







सहाराको टीम पनि सशक्त,उपाधि जित्ने लक्ष्य





यसवर्षको आहा! रारा गोल्डकपको उद्घाटन खेलमा आयोजक सहारा क्लब र नवजनजागृति क्लब सिमरा भिड्ने भएका छन्। आयोजकले आईतवार सार्वजनिक गरेको खेल तालिका अनुसार उद्घाटन खेलको विजेताले क्वाटरफाईनलमा युनाईटेड सिक्किम एफसी भारतको सामना गर्ने छ। प्रतियोगितामा सहभागी १२ टीम मध्ये युनाईटेड सिक्किमसहित रहमदगञ्ज एमएफ सोसाईटी बंगलादेश, थ्रीस्टार क्लब र लक्ष्मी हुण्डाई मनाङ्–मस्र्याङ्दी क्लब वाई पाएर सिधंै क्वाटरफाईनलमा प्रवेश गरेका छन्। प्रतियोगिताको दोस्रो दिन सशस्त्र प्रहरीको एपिएफ क्लब र ईन्डियन आर्मी गोर्खा ब्रिगेट टिम बिच खेल हुनेछ। यसको बिजेताले माघ १० गते मनाङसँग अन्तिम चारको लागि खेल्नेछ। त्यस्तै तेस्रो प्रि–क्वाटरफाईनलमा भिड्ने जावलाखेल युथ क्लब र त्रिभुवन आर्मी क्लब बिचको बिजेताले सेमिफाईनल प्रवेशको लागि माघ ११ गते थ्रीस्टार क्लब सँग खेल्नेछ। अन्तिम प्रि–क्वाटरफाईनल खेलमा नेपाल पुलिस क्लब र झापा–११ भिड्नेछन्। यो खेलको बिजेताले माघ १२ गते बंगलादेशको सामना गर्नेछ। प्रतियोगिताको फाईनल खेल माघ १६ गते हुनेछ।
यसैबीच आयोजक सहारा क्लव पोखराले पनि उपाधि जित्ने लक्ष्य सहित खेलाडी तयार पारेको छ । २०७० सालको इतिहासलाई  दोहो¥याउनका लागि कडा मेहनतका साथ टीम तयार गरिरहेको टीमकोच किरण श्रेष्ठले जानकारी दिए । क्लवका ३ विदेशी र केही ए डिभिजन लिग खेलेका खेलाडीलाई समेत समावेश गराइएको उनले बताए । केही महिनादेखि २७ जना खेलाडीलाई बन्द प्रशिक्षमा राखेर तयारी थालिएको र आइतबार देखि २३ जनाको टीम सशक्त तयार गरिएको उनले बताए । ‘टीम सशक्त छ । खेलाडीले जुनसुकै टीमसंग पनि भिडेर खेल्न सक्छन् । अब मात्र दर्शकको साथ आवश्यक पर्छ’– श्रेष्ठले भने । क्लवका अध्यक्ष वीरभद्र आचार्यले पोखरेली अनि पश्चिमाञ्चलवासीको चाहना पनि सहाराको टीम बलियो होस् र उपाधि नै उचालेर पश्चिमाञ्चलको इज्जत राखोस् भन्ने रहेकाले सोही अनुरुप टीम तयार गर्न लागिएको बताए । उनले खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउन आहारारा गोल्डकपले विशेष महत्व राख्ने बताए।




Post a Comment

 
Top