0
गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बी १ नेपालले लायन्सका संस्थापक मेल्भिक जोनको नाममा स्थापित संस्था मेल्भिक जोन फेलो (एमजेएफ) को सदस्यहरुलाई सम्मान गरेको छ । मेल्भिक जोनको १३७औं जन्मोत्सवको अवसरमा डिट्रिक्टले पोखरामा एक कार्यक्रम आयोजना गरि एमजेएफ लिने ६८ जना सदस्यलाई सम्मान गरेको हो । सम्मान डिष्ट्रिक्ट गभर्नर ध्रुव बहादुर थापाले गरेका हुन् । उक्त फेलोको सदस्यता लिनका लागि १ हजार डलर अर्थात नेपाली एक लाख रुपैयाँ बुझाउनुपर्ने हुन्छ । यसवर्ष मात्र गण्डकी धवलागिरिबाट ३६ जना र काठमाडौंबाट ४२ जना गरि ७८ जनाले एमजेएफ लिएको डिष्ट्रिक्ट गभर्नर थापाले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । पोखरामा हालसम्म एफजेएफ लिनेको संख्या १२६ जना रहेको उनले बताए । कार्यक्रममा पहिलो पटक प्रोग्रेसिप मेल्भिक जोन फेलोको सदस्यता लिने होमबहादुर बस्याललाई पनि सम्मान गरिएको छ । पिएमजेफ लिनका लागि २ हजार डलर अर्थात नेपाली दुई लाख रुपैयाँ आवश्यक पर्दछ । डिष्ट्रिक्ट गभर्नर ध्रुव थापाको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व मल्टिपल चियर पर्सन तथा पूर्व गभर्नरहरु, डिष्ट्रिक्टका पदाधिकारीका साथै अन्य लायन्सहरु सहभागी थिए ।

Post a Comment

 
Top