0
गोल्डेन न्यूज संवाददाता
पोखराको न्यूरोडमा कार्यालय रहेको मुनाल बचत तथा ऋण सहकारी संस्था लि. आईतबारबाट आठौं वर्षमा प्रवेश गरेको छ । २०६५ साल माघ ३ गते देखि बिधिवत कारोवार शुभारम्भ गरेको यस सहकारीले आठौं वर्ष प्रवेशको अवसरमा बालबालिकाको क्षेत्रमा कार्यरत बाबा फाउण्डेशन नेपाललाई १५ हजार एक सय ११ रूपैया सहयोग प्रदान गरेको छ ।  संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारी बिद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीको पठनपाठनलाई यो सहयोग गरेको अध्यक्ष मेघनाथ काफ्लेले बताए । सहयोग रकमको चेक  सहकारीका अध्यक्ष मेघनाथ काफ्लेले बाबा फाउन्डेशन नेपालका सचिव टंकराज अधिकारीलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै सहकारीका उपाध्यक्ष तथा कार्यक्रम संयोजक दुर्गाप्रसाद हुमागाईले सहकारी संस्थालाई समाजमा परिचित र स्थापित गर्नको लागि आर्थिक कारोवार मात्र नभइ सामाजिक कार्यहरु गर्नुपर्नेमा जोड दिए । सहकारीले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थापनाकालदेखि हरेक वर्ष यस्ता सामाजिक कार्यलाई निरन्तरता दिईरहेको उनले बताए । कास्की जिल्लाभरी कार्यक्षेत्र भएको यस सहकारीको अधिकृत पूँजी १० करोड रुपैयाँ छ । निक्षेप संकलन ९ करोड ७५ लाख र ऋण लगानी ११ करोड १० लाख रहेको सहकारीले पोखराको न्यूरोडमा आफ्नै निजी भवन खरिद गरिसकेको बताइएको छ । कार्यक्रममा सहकारीका सचिव खेमनारायण खनाल, कोषाध्यक्ष मगनलाल श्रेष्ठ, सदस्य रामजी नेपाली नारायण थापा मुक्तिनाथ अधिकारी रमेश पौडेल, सुर्दशन प्रधान लगायतले बोलेका थिए ।





Post a Comment

 
Top