0
गोल्डेन न्यूज संवाददाता
नेशनल प्याब्सान कास्कीले संस्थामा आवद्ध ज्येष्ठ विद्यालयलाई सम्मान गरेको छ । नेशनल प्याब्सानको स्थापना दिवसको अवसरमा पारेर प्याब्सान कास्कीले ती विद्यालयलाई सोमबार सम्मान गरेको हो । सम्मानित हुने विद्यालयहरुमा अक्सफोर्ड स्कूल, आदर्श वोर्डिङ स्कूल, सिद्धिविनायक वोर्डिङ ईङ्लिस स्कूल र गोर्खा वार्डिङ स्कूल रहेका छन् ।
सम्मानित विद्यालयहरुलाई कार्यक्रमका प्रमुख अतिथि जिल्ला शिक्षा कार्यालय कास्कीका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारी, नेशनल प्याब्सान कास्कीका अध्यक्ष रामबहादुर मोची, सल्लाहकार रामप्रसाद शर्माले संयुक्त रुपमा ती विद्यालयका संस्थापक प्रिन्सिपललाई प्रसंशा पत्र र दोसल्ला ओढाई सम्मान गरेका थिए ।
यसैगरी, नेशनल प्याब्सन कास्कीले सामाजिक उत्तरदायित्व अन्तर्गत संस्थाको वरिपरि रहेका छिमेकीलाई सरसफाई सम्वन्धि अभिमुखीकरण तालिम दिएको थियो। तालिममा संस्था वरपर रहेका महिलाहरुको उल्लेख्य सहभागिता रहेको थियो । तालिमको पोखरा उप–महानगरपालिकाका वातवरण अधिकृत निर्मलमान सिंह भण्डारी र मूल्याङ्कन तथा अनुगमन अधिकृत हरि न्यौपानेले सहजिकरण गरेका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि कास्कीका जिल्ला शिक्षा अधिकारी विष्णुप्रसाद अधिकारीले संस्थागत विद्यालय नाफामुखी भन्दा पनि सेवामुखी हुनु पसंस्थागत विद्यालयप्रति समाजमा आएको वहस र छलफल सुन्नेहो भने संस्थागत विद्यालयमा लगानि गर्नेले पैसा कमाएको भन्ने आवज आउने गर्दछ उनले भने–यस्ता कुराहरुलाई चिर्न यस संस्थाले उदाहरणीय काम गरेर देखाउनु पर्दछ।
संस्थागत विद्यालयमा लगानजी गर्नेले लगानी र जवानी यसैमा समर्पित गरेकोले यस क्षेत्रलाई मजवुद र अग्रगामी वनाउदै अगाडि बढाउन उनले सुझाव दिए। उनले संस्थाले सामाजिक उत्तरदायित्व वहन गर्दै शिक्षाको क्षेत्रमा पु¥याएको योगदान स्मरणिय भएको बताए। कार्यक्रममा नेशनल प्याब्सानका केन्द्रिय वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्रमोहन भट्टराईले स्कुलबाट जन्एिको यो संस्था डेरा हुदै आफ्नै भवनमा आईपुग्दा आफू हर्षित भएको बताए। नेशनल प्याब्सान कास्कीका सल्लाहकार रामप्रसाद शर्माले गुणस्तरीय शिक्षा लिन विदेश जाने परम्परालाई संस्थागत विद्यालयले तोड्नु पर्ने उल्लेख गरे। नेशनल प्याब्सान कास्कीका अध्यक्ष रामबहादुर मोचीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा उपाध्यक्ष शिवदत्त तिवारीले स्वागत र सचिव केशबशरण पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए। सात विद्यालयबाट स्थापना गरेको यस संस्थामा हाल ४५ विद्यालय आवद्ध रहेका छन्।





Post a Comment

 
Top