0
गोल्डेन न्यूज संवाददाता
रोट्रयाक्ट क्लब अफ पोखराले बैशाख १२ गतेको विनासकारी भूकम्पबाट प्रभावित गोरखाको आरुआरवाङ् गाविसमा सहयोग प्रदान गरेको छ । उक्त गाविसको वडा नं ८ र ९ का २०५ घरपरिवारलाई १÷१ थान कम्बल र उनको टोपी वितरण गरिएको क्लबका निर्वाचित अध्यक्ष तथा कार्यक्रम संयोजक सिवलाल सुनारले जानकारी दिए। गोरखा बजारबाट करिब ७१ किमि पूर्वमा रहेको उक्त गाविसमा भूकम्प प्रभावितहरुसंग ओड्ने कपडा नभएर ज्यान गएको भन्ने समाचार आएपछि कार्यक्रम आयोजना गरिएको क्लबका अध्यक्ष सुजन लामिछानेले बताए ।  कार्यक्रममा एक लाख पचास हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा बोल्दै अध्यक्ष लामिछानेले समाज रुपान्तरणको निम्ति युवाहरु सक्रिय हुनुपर्ने बताउँदै हरेक काममा राज्यको भर परेर बस्न नहुने बताए । 
भूकम्पले पु¥याएको अपुरणीय क्षतिले देश नै रोईरहेको बेलामा भूकम्प पीडितहरुलाई सहयोग गर्न पाउँदा अत्यन्तै हर्षित भएको बताए । कार्यक्रममा क्लबका पूर्व अध्यक्षहरु दिपक तिवारी, अर्जुन खनाल, स्थानीय सामाजिक व्यक्तित्व अमृता गुरुङ्, वासुकि निमाविका प्राचार्य लगायतले क्लबको सामाजिक कार्यको प्रशंसा गरेका थिए । कार्यक्रममा स्थानीय वासुकी निवाविको खेलकुद सामग्रीका लागि क्लबले नगद सहयोग समेत प्रदान गरेको छ । कार्यक्रममा रोटरी क्लब अफ किसाराजु ईष्ट जापानले विशेष सहयोग प्रदान गरेका थिए । चिसोले कठ्याङ्रिएर गाउँमा ६० वर्षीय लालबहादुर बरालको मृत्यु भएको थियो ।

Post a Comment

 
Top