0
कालिका बहुमुखी क्याम्पसले गुणस्तर मान्यता प्रमाणपत्र(क्यूएए)को लागि आवश्यक तयारी सुरु गरेको छ । क्याम्पसले सोको लागि बिहीवार व्यवस्थापन समिति प्राध्यापक एवं विद्यार्र्थीहरुबीच अन्तक्र्रिया कार्यक्रमको आयोजना ग¥यो । क्याम्पस प्रमुख वालकृष्ण शर्माले कार्यक्रमको बारेमा जानकारी दिँदै हालसम्म भएका प्रगतिको बारेमा जानकारी दिए । क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट एलवोआइको पत्र प्राप्त गरिसकेको जानकारी दिँदै सबै पूर्वाधार पूरा गर्न सबै पक्षको सकारात्मक सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा क्याम्पसका प्राध्यापक शोभियत क्षत्रीले क्यूएए कार्यक्रमको बारेमा जानकारी गराउँदै सो विश्वविद्यालय अनुदान आयोगबाट सो प्रमाणपत्र लिनको लागि चाहिने पूर्वाधारको बारेमा चर्चा गरेका थिए ।  क्याम्पस व्यवस्थापन समितिका सदस्य जगन्नाथ तिमिल्सिनको सभापतित्वमा सम्पन्न कार्यक्रममा व्यवस्थापन समितिका सदस्य डा. कृष्ण केसी लगायतका वक्ताहरुले गुणस्तरको सो प्रमाणपत्र लिनको लागि व्यवस्थापन पक्षबाट आवश्यक पर्ने सहयोग गर्र्ने प्रतिबद्धता व्यक्त गरे । विश्वविद्यालय अनुदान आयोगले सबै खाले पूर्वाधार पूरा गर्ने सक्षम क्याम्पसहरुलाई गुणस्तर मान्यताको प्रमाणपत्र प्रदान गर्न सुरु गरेको छ ।  




Post a Comment

 
Top