0
गोल्डेन न्यूज संवाददाता
पोखरा उद्योग वाणिज्य संघको बालश्रम न्युनिकरण कार्यक्रम
(क्लेप)ले शुक्रबार आयोजना गरेको जीवन रुपान्तरणका लागि एक यात्रा कार्यक्रम शनिबार समापन भएको छ । श्रमिक बालबालिकाहरु को सम्पर्क केन्द्रको सम्पर्कमा रहेका किशोर किशोरीहरुको जीवनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले १८ जना किशोर–किशोरीहरुलाई सहभागी गराई यात्राको आयोजना गरिएको बारेमा यात्रा व्यवस्थापनका संयोजक विनोद लामिछानेले जानकारी गराए । 

पोखरा उद्योग बाणिज्य संघ देखि शुरु भएको यात्रा पर्वतिय संग्राहलय, महतगौडा, ओशो उपबन हुँदै संघमा नै आएर समापन भएको थियो । यात्राको क्रममा खोला, बगैचा, मैदान, आश्रम आदी स्थानहरुमा छलफल, नाटक, खेल, वृत्रचित्र, ध्यान, योगा आदिको माध्यमबाट किशोर किशोरीहरुलाई जीवनको अर्थ, कर्मको नियम, निर्णय सीप, नेतृत्व विकास, लक्ष्य निर्धारण जस्ता विषयहरुमा प्रशिक्षण गराइएको थियो । पैदल यात्रासँग मानवीय जीवनलाई तुलना गर्दा किशोर किशोरीहरुलाई जीवन र जगतको अर्थ बुझाउन सजिलो भएको र उनीहरुमा आफ्नो जीवन प्रति आफै जिम्मेवार हुनुपर्छ भन्ने भावना समेत वृद्धि भएकोले जीवन रुपान्तरणका लागि यो यात्रा आफैमा एउटा प्रभावकारी विधि हुन पुगेको प्रतिक्रिया यात्राका परिकल्पनाकार तथा प्रमुख प्रशिक्षक भक्तराज रसाइलीले दिए । पोखरा उ.म.न.पा.कार्यालय, किडाशा र युनिसेफको सहयोगमा आयोजित यस यात्राको विभिन्न कृयाकलापहरु लाई सुरेश कुमार मानन्धर, कोपिला पण्डित र विजया अधिकारीले समेत सहजीकरणमा सहयोग पुर्याएका थिए ।


Post a Comment

 
Top