0
गोल्डेन न्यूज संवाददाता
छैठौँ विग आईकन अन्तर्गत शनिबारदेखि दोस्रो चरणको अडिसन राउण्ड शुरु भएको छ । अडिसनको पहिलो दिन शनिबार ४४ जना गायन प्रतिभाहरु तेस्रो चरणको अडिसनका लागि छनौट भएका छन् । शनिबार भएको दोस्रो चरणको अडिसनको पहिलो दिन कुल ५८ जनाले अडिसन दिएका थिए । दोस्रो चरणको अडिसन दुई दिनसम्म चल्नेछ । आईतबार हुने दोस्रो चरणको अडिसनमा बाँकी प्रतियोगीहरुले सहभागिता जनाउने एफएमले जनाएको छ । दोस्रो चरणका लागि ४२ जिल्लाबाट आएका ९ सय ३ जना प्रतियोगीहरुमध्येबाट १ सय १२ जनाले मात्रै कार्ड प्राप्त गरेका थिए ।  दोस्रो चरणको अडिसनमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, फिल्मकर्मी तथा संचारकर्मी प्रकाश सायमी, कवि तथा गीतकार दुर्गाबहादुर शाह ‘बाबा’, समाजसेवी विश्वमोहन गौचन लगायतका अतिथिहरुले विग आईकनको अडिशन हेरेका थिए । अडिसन हेरेसँगै संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्तले विग आईकनले प्रतिभाहरुलाई दिएको मञ्च निकै उत्कृष्ट भएको बताए । उनले विग आईकनले पोखरालाई साँगीतिक राजधानी बनाउन ठूलो योगदान दिने कुरा उनले स्पष्ट पारे । 

त्यस्तै फिल्मकर्मी तथा संचारकर्मी प्रकाश सायमीले विग एफएमले विग आईकनले विग एफएमको उचाँई अझै बढाएको बताए । उनले विग आईकन देशकै प्रतिष्ठित गायन रियालिटि शो भएको उल्लेख गर्दै यसलाई निरन्तर रुपमा अगाडि बढाउन एफएमलाई सुझाव दिए । यो पटक विग आईकनको दोस्रो चरणको अडिसनसम्म आईपुग्दा नै प्रतियोगिता निकै कडा बन्दै गएको निर्णायकहरुले बताएका छन् । ‘निकै राम्रा र संगीत बुझेका प्रतियोगीहरु यसपाली आएका छन् । र, हामीलाई पनि प्रतियोगितामा निर्णय लिन दोस्रो चरणबाटै गाह«ो हुँदै गएको छ ।’ निर्णायकहरुले भनेका छन् । श्यामसुङ तामाङ्ग, सुनिल थापा, बिनोदबानिया, कर्णदास र विवेक श्रेष्ठ यो पटक निर्णायकको रुपमा रहेका छन् । छैटौं बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

Post a Comment

 
Top