0
गोल्डेन न्यूज संवाददाता
स्कोप कास्कीले आफ्नो मातहमा रहेका विद्यालयका विभिन्न ५ शिक्षक–शिक्षिकाहरुलाई हालै सम्मान गरेको छ । स्कोप कास्की र शैक्षिक क्षेत्रमा अतुलनीय योगदान दिएको भन्दै एक कार्यक्रमकाबीच उनीहरुलाई सम्मानपत्र, नगद रकमसहित सम्मान गरेको हो । सम्मानित हुनेहरुमा शान्ति निकेतन स्कूलका अंग्रेजी विभाग  एवं निमावि प्रमुख हेम सुवेदी, सनप्mलावर बोर्डिङ स्कूलका शैक्षिक प्रमुख दीलिप देवकोटा, डिज्नील्याण्ड एकेडेमीकी मावि शिक्षिका सर्मिला घले, ज्ञानुवावा आवासीय उच्च माविका संयोजक बाबुराम सुवेदी र सरस्वती उच्च माविका गोविन्दराज वाग्ले रहेका छन् । 
उनीहरुलाई स्कोप कास्कीका अध्यक्ष महेश्वर पराजुली, उपाध्यक्ष दुर्गाबहादुर थापा, सचिव दिनेश अर्याल र कोषाध्यक्ष नरेश बराल लगायतले सम्मान गरेका थिए । सोही अवसरमा शान्ति निकेतन स्कूललाई प्रवेशिका परीक्षा २०६७ र ०७१ मा शतप्रतिशत विशष्ठि श्रेणी तथा २०६८, ०६९ र ०७० मा विशिष्ठ श्रेणी सहित शतप्रतिशत उत्तीर्ण गराउन सफल भएकोमा सम्मान गरिएको थियो ।
यसैगरी विद्यालयको स्थापनाकालदेखि नै शैक्षिक क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको र स्कोप कास्कीलाई महत्वपूर्ण सहयोग गरेको भन्दै सरस्वती उच्च माविका संस्थापक प्राचार्य दुर्गाबहादुर थापालाई समेत सम्मान गरिएको थियो ।











Post a Comment

 
Top