0
गोल्डेन न्यूज संवाददाता
छैठांै विग आईकनको दुईवटा अडिसनपछि तेस्रो चरणका लागि ७९ जना प्रतिभाहरुले ‘पहँेलो कार्ड’ प्राप्त गरे । दुई दिनसम्म चलेको दोस्रो चरणको अडिसनमा पहिलो चरणबाट छानिएर आएका १ सय १२ जना गायन प्रतिभाहरु सहभागी भएको विग एफएमले जनाएको छ । छैठौँ सँस्करणको विग आईकनको पहिलो अडिसनमा ४२ जिल्लाका ९ सय ३ जना प्रतिस्पर्धीहरुले सहभागिता जनाएका थिए । आईतबार निर्णायकहरु श्यामसुङ तामाङ, सुनील थापा र विवेक श्रेष्ठले प्रतियोगीहरुको अडिसन लिएका थिए । ‘दोस्रो चरणबाट तेस्रो चरणमा हामीले अझै बढि छानेर प्रतिभाहरुलाई पु¥याएका छौँ ।’ निर्णायकहरुले भनेका छन्–‘छैठौँ सँस्करणको यो विग आईकनमा निकै प्रतिभावान प्रतिस्पर्धीहरु आएका छन् । त्यसैले प्रतियोगिता कडा हुने निश्चित छ ।’ श्यामसुङ तामाङ्ग, सुनिल थापा, बिनोद बानिया, कर्णदास र विवेक श्रेष्ठ यो पटक निर्णायकको रुपमा रहेका छन् । छैटौं बिग आइकनको विजेताले उपाधिसंगै १ लाख ७५ हजार बराबरको हिरो ड्यास स्कुटर र बेलायतको सांगीतिक यात्रा पुरस्कार स्वरुप पाउनेछन् । त्यस्तै दोस्रो हुने प्रतिस्पर्धीले ७५ हजार र तेस्रो हुने प्रतिस्पर्धीले ५० हजार बराबरको पुरस्कार प्राप्त गर्नेछन् ।

Post a Comment

 
Top