0
कास्कीमा रहेका बालगृह सञ्चालकहरुले समाचार संकलन बारे तालिम लिएका छन् । बालगृहहरुका समाचार आम सञ्चार माध्यममा सम्प्रेषण गर्न सहज होस् भन्ने उद्देश्य सहित उनीहरुले तालिम लिएका हुन् । पोखराको नयाँगाउँमा रहेको थ्रिएन्जल्स नेपालको आयोजनामा भएको सो तालिमको नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवाली र थ्रि एन्जल्स रेडियोका समाचार प्रमुख जीवन सुवेदीले सहजीकरण गरेका थिए । सो अवसरमा अध्यक्ष ज्ञवालीले पाठक एवं श्रोताको मनमा कुनै जिज्ञासा नरहने गरी संकलन गरिएका सूचनाबाट स्तरीय समाचार तयार हुने बताए । उनले बालगृहहरु र रेडियोबीचको सहकार्यलाई सकारात्मक कदम भन्दै प्रशंसा गरे । कास्कीका समग्र बालगृहहरुको सञ्जाल कास्की र थ्रि एन्जल्स सामुदायिक रेडियोको सहकार्यबाट बालगृहहरुका समाचार नागरिकहरु समक्ष सम्प्रेषण गर्न सहज गराउन तालिम फलदायी रहने आयोजकको विश्वास छ । तालिममा कास्कीमा रहेका बालगृहहरुका १४ जनाको सहभागिता रहेको थियो । सो अवसरमा थ्रि एन्जल्स नेपालका कार्यकारी निर्देशक डा. राजेन्द्र गौतम, वित्त निर्देशक डा. मदन थापा, थ्रि एन्जल्स रेडियोका स्टेशन म्यानेजर गणेश कुमार श्रेष्ठ, संस्थाका भूपेन्द्र आचार्य, बविता कुँवर लगायतको उपस्थिति थियो ।


Post a Comment

 
Top