0
गोल्डेन न्यूज संवाददाता
सुनचाँदी व्यवसायी संघ कास्कीद्वारा आयोजित अध्ययन अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भयो । भ्रमणमा सुनचाँदी व्यवसायी संघ कास्कीका कार्यसमिति तथा सल्लाहकारहरुको उपस्थित रहेको थियो । संघका अध्यक्ष चन्द्रकिशोर गौतमको नेतृत्वमा रहेको ऊक्त टोलीलाई तनहुँ सुनचाँदी व्यवसायी संघले आयोजना गरेको स्वागत तथा अन्तत्र्रिmया कार्यक्रममा सहभागी भएको थियो । कार्यक्रममा तनहुँ सुनचाँदी व्यवसायी संघका अध्यक्ष बाबुराम सुनारले स्वागत गर्दै यस भ्रमणले दुई संघ विचको एकता अझ प्रगाढ हुने बताउनुभयो । तनहुँ कार्यक्रम संचालन सचिव विनोद वि.क(विकाश)ले गरेका थिए । भ्रमणको शिलशिलामा चितवन सुनचाँदी व्यवसायी संघ नारायणघाटको कार्यलयमा चितवन संघले स्वागत सम्मान ताथ अन्तक्र्रिया कार्यक्रमको आयोजना गराएको थियो । कार्यक्रममा चितवन सुनचाँदी व्यवसायी संघका अध्यक्ष विपिन रामुदामुले कास्की जिल्लाको भ्रमणबाट चितवन सुनचाँदी व्यवसायी संघलाई विभिन्न कार्यक्रम गर्न प्रेरणा मिलेको बताउदैं भ्रमणलाई अझ व्यापक बनाउन आग्रह गरे। 
प्रमुख अतिथि मोहन कुमार विश्वकर्माले सुनचाँदी व्यवसायी संघ कास्कीले तनहुँ र चितवनको भ्रमण गरी ऐतिहासिक कार्य गरेको बताउदैं महासंलाई समेत अगाडी बढाउन हौसला प्रदान गरेको बताए । सुनचाँदी व्यसायी संघका अध्यक्ष चन्द्रकिशोर गौतमले भ्रमण भेटघाट मात्र नभई छिमेकी जिल्लाहरुसंघ निकटता कायम गर्ने भैपरी आउने समस्याहरुमा एकताबद्ध हुन जिल्ला विचको सम्बन्ध कायम गराई असल गहना उत्पादन र व्यापार व्यवसाय विस्तार र भइपरी आउने समस्यामा सहयोग पुग्ने बताए । 
भ्रमण टोली चितवनको पर्यटकीय स्थल मेघौली अवस्थित बाराही जंगल लजमा बसी संघका गतिविधि माथि समिक्षा गरी आगामी दिनमा सुनचाँदी व्यवसायी संघ कास्कीले गर्ने योजनाहरुको सम्बन्धी छलफलमा उपाध्यक्ष राजेशमान बुद्धाचार्य, सचिव निर्मल दियाली, कोषाध्यक्ष भविन्द्र विश्वकर्मा, सह–सचिव मन बहादुर विश्वकर्म, विशिष्ट सल्लाहकार महेन्द्रमान गुभाजू, विशिष्ठ सल्लाहकार दुर्गा बहादुर सुनार, सल्लाहकार विनोद शाक्य, सल्लाहार कृष्णमान गुभाजू, कार्यसमिति सदस्य सोभितमान बुद्धाचार्य, इन्द्रबहादुर सुनार,महेन्द्र विश्वकर्मा, किशोर कुमार वि.क, टेकनारायण शाक्य, तारा गौतम, दिनेशमान बुद्धाचार्य, दशरथ सुनार, महासंघ सदस्य दुर्गामान बुद्धाचार्यले भाग लिएका थिए ।  
सुनचाँदी व्यवसायी संघ कास्कीका अध्यक्ष चन्द्रकिशोर गौतमले भ्रमणमा सबै साथीहरुको उत्साह उमंग रहेको र भ्रमणले धरै कुराको जानकारी गराएको बताउँदै नेपाल सुनचाँदी व्यवसायी महासंघका बरिष्ठ उपाध्यक्ष मोहन कुमार वि.क लगायत सवैलाई धन्यवाद व्यक्त गरे ।



















Post a Comment

 
Top