0
गोल्डेन न्यूज संवाददाता
तमु जातिहरुको नयाँवर्ष ल्होसारको  अवसरमा पोखरा १० बुद्ध शान्ति मार्गमा रहेको टासी छ्योएलिङ गोपाल गुम्बामा आज बुधवारदेखि कंग्युर पाठ तथा तोनाग घोसुम पूजा शुरु हुदैछ । भेडा वर्गको विदाइ र बांदर बर्ग टेल ल्हो लाई स्वागत गर्दै विगतका वर्षहरुमा जस्तै यो वर्षपनि १५आंै पटक पूजाको गर्न लागिएको हो । विश्वमा घटिरहेको हत्या, हिंसा र आतंकको अन्त्य भइ विश्वमा शान्ति फैलियोस, वर्तमान असहज परिस्थिति, अन्त्य भइ दिगो शान्ति स्थापना होस र गत वैशाखमा आएको भूकम्प तथा बाढीपहिरोमा परेर मृत्यु भएकाहरुको आत्माले शान्ति पाओस भन्ने कामना गर्दै कंग्युर पाठ तथा ग्रह शान्ति तोनाग घोसुम पूजा बुधवार देखि १० दिज सम्म सञ्चालन हुने गुम्बाका मुख्य लामा गुरु आम्ची गोपाल लामाले जानकारी दिए । पूजामा १० दिनसम्म भगवान गौतम बुद्धको पवित्र वचनले भरिएको कंग्युर पाठ गर्नुका साथै ग्रहशान्ति पूजा तोनागघोसुम पूजा हुने भएको हो । नेपाल गुरुङ लामा समूह केन्द्रीय कार्यालय बौद्ध शान्तिमार्गको नेतृत्व रहने पुजामा घान्द्रुक ब्रेज मेश्रो तमु समाज, टांसी छ्योएलिङ गुम्बाका ब्रत आमा समुह, आठ भाइ बाह्र घर प्ल्हनेरो भाईखलक र आठ घर बाह्र घर प्ल्हनेरो रिह्चमी चेलीबेटीको सहयोग रहने आयोजकले जनाएको छ ।


Post a Comment

 
Top