0
गोल्डेन न्यूज संवाददाता
पोखरा विश्वविद्यालय पब्लिक हेल्थ अध्ययनरत विद्यार्थीहरुको छाता संस्था एप्सले च्यारिटी शोबाट संकलन गरेक रकम एक कार्यक्रम गरी वितरण गरेको छ । संस्थाका अध्यक्ष नारायण सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमबाट साथी संसार नेपाललाई ११ हजार एक सय ११ रुपैयाँ सहयोग गरेको छ । कार्यक्रममा नवनियुक्त डिन खेमराज जोशीलाई स्वागत समेत गरेका छन् । कार्यक्रममा प्रमुख अतिथी स्कूल अफ हेल्थ एण्ड साइन्सका डिन खेमराज जोशीवाट चेक हस्तान्तरण गरेका थिए । उनले विद्यार्थीहरुले गरेका कार्यक्रमको प्रशंसा गर्दै आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा संस्थाकी सल्लाहकार रजनी केसी लगायत अन्य प्राध्यापकहरुले बोलेका थिए भने कार्यक्रम सञ्चालन सस्थाका सचिव शेखर पोख्रेलले गरेका थिए ।





Post a Comment

 
Top