0
पोखरा उपमहानगरपालिका वडा नं. ९ ले आ.व. २०७३÷०७४ मा वडा भित्र गर्ने योजनाहरुको वडा स्तरीय योजना तर्जुमा गोष्ठी मंगलबार सम्पन्न गरी नगरपालिकालाई बुझाएको छ। वर्षभरी वडाभित्र गरिने विभिन्न विकास निर्माण, सरसफाई, महिला तथा वालवालिकाको क्षमता अभिवृद्धिका तालिम, भौतिक संरचना निर्माणलगायतका योजनाहरुलाई गोष्ठीले पारित गरेको छ। कार्यक्रममा नेपाली काँग्रेस रामराज लामिछाने, नेकपा एमालेका अध्यक्ष प्रकाश शर्मा, एमाओवादीका बमबहादुर कार्की, राप्रपाका नुरप्रसाद गौतम, टोल विकास संस्था समन्वय समिति पोखरा ९ का अध्यक्ष उत्तम जोशी, वडा स्तरिय महिला समन्वय समितिकी अध्यक्ष दिलमाया गुरुङ, नगरिक मञ्च पोखरा ९ का अध्यक्ष लेखुराम खती, अपाङ्ग सरोकार समितिका अध्यक्ष दिपेन्द्र रानाभाट, सहारा क्लबका अध्यक्ष वीरभद्र आचार्य, राष्ट्रिय फलफुल व्यवसायी संघका अध्यक्ष रुद्र खनाल, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु लगायतले वोलेका थिए।

Post a Comment

 
Top