0
गोल्डेन न्यूज संवाददाता
शिक्षा स्वास्थ्य खेलकुद र पर्यटनका लागि पोखरामा नया पर्यटकीय गन्तब्य स्थल चिडियाखाना निर्माणको अभियानमा अगाडि वढेको युनाइटेड क्लव पोखराले आफ्नो शैक्षिक कार्यक्रम अन्तर्गत कालाबाङमा रहेको विद्यालयलाई ५० हजार नगद सहयोग गरेको छ । युनाइटेड क्लव पोखराको कार्यालयमा आयोजिते कार्यक्रममा क्लवका अध्यक्ष हिमालय बख्रेल र शिक्षा समिति संयोजक राजु श्रेष्ठले पुम्दीभुम्दी कालाबाङ घडेरीमा रहेको भगवती निमाविका विद्यालय ब्यवस्थापन समिति अध्यक्ष प्रकाश गुरुङ र विद्यालयका प्रध्यानाध्यापक डिलकुमारी गुरुङलाई ५० हजारको चेक प्रदान गरेका हुन् । चेक हस्तान्तरण कार्यक्रममा वोल्दै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रकाश गुरुङले युनाइटेड क्लवले पोखराको पर्यटन, खेल, शिक्षा र स्वास्थ्यमा पहलकदमी चाल्दै आएको र सोही अनुरुप आफ्नो विद्यालयलाई शिक्षाको विकासका लागि सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे । क्लवले प्रदान गरेको सहयोग रकमलाई अक्षयकोष स्थापना गरी प्रत्येक वर्ष विद्यालयका जेहेन्दार तथा अति कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई पुरस्कार वितरण गर्ने गुरुङले वताए ।

कार्यक्रममा वोल्दै क्लवका कोषाध्यक्ष तथा शिक्षा समिती संयोजक राजु श्रेष्ठले क्लवले स्थापना कालदेखि अन्य क्षेत्र जस्तै शिक्षाको क्षेत्रमा काम गर्दै आइरहेको र यो वर्षपनि पोखरा महोत्सवको पूर्व सन्ध्यामा कालाबाङको विद्यालयलाई सहयोग गरेको वताए । आफूहरुले शिक्षा, स्वास्थ्य खेलकुद र पर्यटन प्रवद्र्धनका लागी काम गर्दै आइरहेको र यसलाई प्रत्येक वर्ष निरन्तरता दिने समेत वताए ।

यसैबीच छैठौं पोखरा महोत्सवको इन्टरनेट पार्टनरमा लुम्बिनी नेट हुने भएको छ । युनाइटेड क्लवले आयोजना गर्न लागेको छैठौं पोखरा महोत्सवको इन्टरनेट पार्टनरमा पोखराको महेन्द्रपुलमा क्षेत्रीय कार्यालय रहेको लुम्बिनी नेटले अफिसियल इन्टरनेटको रुपमा रहेर काम गर्ने भएको हो । सोमबार युनाइटेड क्लवका सचिव लालकाजी गुरुङ र लुम्बिनी नेट प्रा.लि. पश्चिमाञ्चल शाखाका शाखा प्रमुख युशफ श्रेष्ठ बीच सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमति पत्रमा हस्ताक्षर गर्दै लुम्बिनी नेटका पश्चिमाञ्चल शाखा प्रमुख युशफ श्रेष्ठले लुम्बिनी नेटले पोखराको पर्यटन प्रवद्र्धनमा अग्रणी भूमिका खेल्दै आएको युनाइटेड क्लवसंग सहकार्य गर्न पाउदा खुसी लागेको वताए । लुम्बिनी नेटले पछिल्लो समयमा पश्चिमाञ्चलमा रहेका ग्राहकहरु लाई मध्येनजर गर्दै वायरलेस र फाइबरबाट दु्रत गतिको नेट सञ्चालनमा ल्याएको वताउँदै त्यसलाई तीब्रता दिन आफूहरु तयार रहेको समेत उनको भनाइ रहेको थियो । क्लवका तर्फबाट सचिव लालकाजी गुरुङले क्लवले आयोजना गर्न लागेको छैठौं महोत्सवमा लुम्बिनी नेट संग सहकार्य गर्न पाउदा खुसी लागेको वताए । क्लवको तर्फबाट नेटको बिस्तारका लागि सक्दो सहयोग गर्ने उनको भनाइ रहेको थियो । पोखराको अमरसिंह चौरमा आगामी पुसको ३० देखि माघ १० गतेसम्म छैठांै पोखरा महोत्सव हँुदैछ ।



Post a Comment

 
Top