0
पूर्व स्वास्थ्यमन्त्री एवम् नेकपा एमालेका नेता खगराज अधिकारीले व्यवस्थापिका–संसद्बाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पारित हुनु महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । नेकपा एमाले गण्डकी अञ्चल समन्वय समितिद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले विधेयक पारितसँगै पोखरामा प्रतिष्ठान खुल्ने भन्दै यसलाई पश्चिमाञ्चल क्षेत्रको गौरवका रुपमा सबैको सकारात्मक सहयोगमा अघि बढाउनुपर्ने बताए । अघिल्लो मन्त्रिपरिषद्मा स्वास्थ्य मन्त्रीका रुपमा यस विधेयकलाई आफूले अघि सारेको उल्लेख गर्दै नेता अधिकारीले यसका लागि आवश्यक पूर्वाधार, भौतिक संरचनालगायत विषयलाई अब प्राथमिकताका साथ बढाउनुपर्नेमा जोड दिए । स्वास्थ्य क्षेत्र विभिन्न विकृति विसङ्गतिका कारण तहस–नहस बनेको उल्लेख गर्दै  उनले विकृतिको अन्त्य गर्न स्वास्थ्य क्षेत्रमा भइरहेको राजनीतिको क्रमलाई अन्त्य गर्नुपर्नेमा जोड दिए। प्रतिष्ठानको सञ्चालनसँगै यस क्षेत्रका क्षमतावान विद्यार्थीले सहज र सुलभरुपमा चिकित्सा विषयको अध्ययन गर्न सक्ने उनको भनाइ छ । 






Post a Comment

 
Top