0
गोल्डेन न्यूज संवाददाता 
लायन्स क्लब अफ लेखनाथले विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनमा सहयोग पु¥याउने उद्देश्यले राखेको खुल्ला विद्यालय स्तरिय पिस पोष्टर प्रतियोगीतामा ज्ञानज्योती विद्याकुञ्ज माविकी पविना छन्त्याल प्रथम भएकी छन्। नेपालमा शान्तिको कामना र सबैमा शान्ति छाउन के गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित प्रतियोगीतामा गोगन उच्च माविकी रोशनी तामाङले दोस्रो स्थान हासिल गरेकी थिईन भने हाईवय गार्डेन बोडिङ स्कुलकी सृजना थापाले तृतीय स्थान हासिल गर्न सफल भएकी थिईन्। प्रतियोगीताका बिजयी विद्यार्थीहरुलाई लायन्स क्लबका डिष्ट्रक्ट पिस पोष्टर संयोजक सुर्यनाथ कोईरालाले पुरस्कार प्रमाण पत्र वितरण गर्दै नेपालमा शान्तिमा कामना गर्दै अन्तर्राष्ट्रिय स्तरमा शान्तिको शन्देस दिनका लागि पिस पोष्टर प्रतियोगीताको आयोजना गरिएको धारणा राखेका थिए लेखनाथ लायन्स क्लबका अध्यक्ष मेजर रामप्रसाद गुरुङको अध्यक्षतामा भएको सो कार्यक्रममा स्बागत मन्तव्य प्रथम नवराज खनालले गरेका थिए भने कार्यक्रमको संचालन सचिब बुद्धि बाँस्तोलाले गरेका थिए। प्रतियोगीतामा विभिन्न विद्यालयका १५जना विद्यार्थीहरुको सहभागिता रहेको थियो।
 
यसैबीच लायन्स क्लब अफ लेखनाथले सामाजिक उतरदाईत्व अन्तरगत लेखनाथको भण्डारढिकमा रहेका जनप्रकास उच्च माविका २२जना दृष्टिविहिन विद्यार्थीहरुका लागि नौ हजार बरावरको स्टेशनरी सामाग्री समेत वितरण गरेको छ। 



Post a Comment

 
Top