0
पोखराको मुख्य पर्यटकीय क्षेत्र फेवातालको खहरेस्थित डुङ्गाघाट निर्माण गर्नका लागि मंगलबार शिलान्यास गरिएको छ। सिलान्यास कार्यक्रमको उद्घाटन घाट निर्माणमा मुख्य आर्थिक सहयोगी स्थानिय समाजसेवी राजु थापाले गरेका थिए। उनले पोखराको लेकसाईड क्षेत्र पर्यटकको पहिलो रोजाईमा पर्ने तथा परम्परागत रुपमा स्थानीय वासिन्दाहरुले घाटको प्रयोग गर्दै आएकाले घाटलाई सुरक्षित बनाउन आफूले दुई लाख ५० हजार सहयोग गर्ने बताए। लेकसाईडका वासिन्दा थापा विगत १५ वर्षदेखि अमेरिकाको एटलान्टामा बस्दै आएका र उनले हरेक पटक नेपाल आउँदा केही न केही सामाजिक कार्य गर्दै आएको बताए । गत हप्ता पनि उनले वृद्धाश्रमहरुमा खाद्यान्न लगायतका सामाग्री सहयोग गरेको सो अवसरमा बताए। पोखरा उप–महानगरपालिका कार्यालयले घाट निर्माणका लागि पाँच लाख र फलामे रेलिङका लागि एक लाख खर्च लाग्ने ईष्टिमेट गरेको घाट निर्माण समितिका अध्यक्ष खिमलाल पहारीले बताए। साथै घाट निर्माणका लागि चन्द्रबहादुर थापाले ५० हजार सहयोग गर्ने वचन दिएका अध्यक्ष पहारीले बताए। सो क्षेत्रमा व्यवस्थित घाटको आवश्यकता महसूस भईरहेको वेलामा थापा परिवारबाट सहयोग प्राप्त भएको र पर्यटकीय क्षेत्रको प्रवद्र्धन तथा डुङ्गाहरु संचालनको लागि सहज हुने साथै कुनै अप्रिय घटना भएमा तुरुन्त उद्धार गर्न सकिने विश्वास व्यक्त गर्दै खहरे टोल विकास विकास संस्थाका अध्यक्ष गिरीराज अधिकारी, खहरे आमा समूहकी अध्यक्ष नानीमाया सिग्देल लगायतले आर्थिक सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद दिएका थिए।



Post a Comment

 
Top