
पोखरा १८ कार्तिक ।पोखराका अग्रज गजलकार दिलिप दोषी चितवनमा सम्मानित भएका छन् । उनलाई हाम्रो मझेरी साहित्य प्रतिष्ठानले ‘हाम्रो मझेरी साहित्य सम्मान २०७२’ सम्मान गरेको हो । गजल सन्ध्या पोखराका संस्थापक अध्यक्ष, हाइकुकार, कवि समेत रहेका उनी लामो समदेखि साहित्यिक क्षेत्रमा क्रियाशील छन् । साहित्यिक क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएकोमा उनलाई सम्मानपत्र, दोसल्लाद्वारा सम्मान गरिएको हो । दोषीसंगै वरिष्ठ साहित्यकार केदारनाथ खनाल र भरतपुरका गीतकार भुवन शर्मा कंडेल समेत सम्मानित भएका छन् । त्यस अवसरमा नेपाली साहित्यका क्षेत्रमा लामो योगदान दिदै आएको तथा कृती विमोचन गरेको छ । नेपाली साहित्यका क्षेत्रमा पत्रकारिताका माध्यमबाट योगदान दिएको भन्दै चितवनका पत्रकार राजु सापकोटालाई सम्मान प्रदान गरेको छ । त्यस्तै यसबर्षको गजल रत्न पुरस्कार २०७२ बाट जाजरकोटका प्रकाश किरणलाई उनको गजलकृति ‘अजनबी’ का लागि प्रदान गरिएको छ भने ‘गजलश्री पुरस्कार २०७२’ मोरङकी गजलकार पूजा आरधना खतिवडाको गजलकृति ‘अनावरित अनुराग’ लाई प्रदान गरिएको छ । यस्तै ‘मोतीराम गजल प्रतिभा पुरस्कार २०७२’ काठमाडौँ थापागाँउकी गजलकार अनिता भन्डारी पौडेललाई गजलकृति ‘शास्वत जिन्दगी’ का लागि प्रदान गरिएको प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी ‘अञ्जली’ले बताएका छन् । कार्यक्रममा गजलकार पुष्प अधिकारी अञ्जलीको गजल सङ्ग्रह ‘चुराको घर’ भरतबाबु ढकालको गजल सङ्ग्रह ‘गाउँ हराएपछि’ गजलकार बिमला शर्मा ढुङ्गानाको गजल सङ्ग्रह ‘क्षितिजपारिको जून’ निशा क्षेत्री कटुवालको गजल सङ्ग्रह ‘एउटा अदृश्य मन’ र उपन्यासकार लक्ष्मण तिवारीको उपन्यास ‘सीमापार’ तथा हाम्रो मझेरीको भूकम्प विशेष ५३ अङक सार्वजनिक भएको छ । कार्यक्रम गजलकार प्राज्ञ वियोगी बुढाथोकीको प्रमुख आतिथ्यता तथा प्रतिष्ठानका अध्यक्ष पुष्प अधिकारी अञ्जलीको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव विजयराज ज्ञवालीले गरेका थिए ।
Post a Comment