0
गोल्डेन न्यूज संवाददाता
स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्णप्रसाद बाँस्तोलाले साहित्यिक पत्रिका व्यवसायिक रुपमा चल्न नसक्ने भएकोले यसको प्रकासन र निरन्तरता आफैमा चुनौतीपूर्ण कार्य भएको बताएका छन्। सिर्जना साहित्य सदन घाचोक कास्कीद्वारा प्रकाशित पत्रिका सिर्जना अङ्क १३ को घाचोकमा एक समारोहबीच बिहीबार लोकार्पण गर्दै अध्यक्ष बाँस्तोलाले पत्रिकामा साहित्यलगायत गाउँका विविध पक्ष समेट्न सुझाव दिदै उनले भने, सिर्जना घाचोकको ऐना बनोस्। पत्रिकाको समीक्षा प्रस्तुत गर्दै नेपाली भाषा शिक्षक परिषद्का अध्यक्ष प्राध्यापक बोधराज ढकालले पत्रिकामा साहित्यका विविध विधा समेटिएको र धेरै लेखकलाई स्थान दिने प्रयास भएको उल्लेख गरे। साथै उनले घाचोकको विशेषताको पनि चर्चा हुनुपर्नेमा जोड दिए। सम्मानित कथाकार भद्रराज त्रिपाठीले साहित्यले समाज रुपान्तरण गर्न सक्ने बताए। सल्लाहकार रविलाल पोखरेलले साहित्यिक संस्था चलाउनु कठिन कार्य भएको उल्लेख गर्दै सहयोगीदाताहरु धन्यवादका पात्र भएको बताए।
पत्रिकाका प्रधानसम्पादक टेकनाथ पीडितले भाषिक विवादले वर्ण विन्यासमा पनि समस्या आएको उल्लेख गरे। पूर्व अध्यक्ष महेश्वर पोखरेलले विचार र विकासलाई सँगसँगै अगाडि बढाउनुपर्नेमा जोड दिए। एमाले कास्कीका सदस्य विष्णु केसीले साहित्यिक पत्रिकामा समसामयिक कुराहरु पनि समेटिनुपर्नेमा जोड दिदै सिर्जनाले घाचोकलाई चिनाएको बताए। घाचोक महोत्सव २०७२ का संयोजक मौसम कार्कीले अफूहरुले सिर्जना साहित्य सदनलाई सघाउन चाहेको बताए। कार्यक्रममा शोभामोहन लम्साल, एकदत्त लम्साल शिशिर र स्वस्तिक सुवेदीले रचनावाचन गरेका थिए।
 
सिर्जना साहित्य सदनका अध्यक्ष भानुभक्त अविरलको अध्यक्षतामा भएको उक्त कार्यक्तममा उपाध्यक्ष बाबुराम पोखरेलले स्वागत मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन सचिव सूर्य लम्साल किरणले गरेका थिए। सोही अवसरमा सिर्जना पुरस्कार–२०७२ द्वारा शोभा मोहन लम्साल सम्मानित भएका छन्। यसैगरी बसन्त दवाडीद्वारा स्थापित स्व. टिकादेवी गुणाकर दवाडी स्मृति सिर्जना पुरस्कार–२०७२ द्वारा भद्रराज त्रिपाठी र गीता कुँवर जिसी सम्मानित भएका छन्। कार्यक्रमका प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघका अध्यक्ष कृष्णप्रसाद बास्तोला प्राध्यापक बोधराज ढकाल र सदनका अध्यक्ष भानुभक्त अविरलले सम्मानपत्र, टीका र नगदसहित सम्मान गरेका थिए।

















Post a Comment

 
Top