हरि पन्त
पोखरा १३ मंसिर ।
पोखरा १३ मंसिर ।

दुई दिनमा सम्पन्न मिटिङमा डिष्ट्रिक्ट गभर्नर ध्रुव थापाले इन्धन अभाव तथा विभिन्न असहज परिस्थितिका वाबजुद पनि डिष्ट्रिक्टलाई साथ दिएर बैठकमा उपस्थित भएकोमा खुशी व्यक्त गर्दै सबैमा धन्यवाद ज्ञापन गरेका थिए । उनले देशको विकराल अवस्थामा पनि लायन्स क्लवहरु आफ्नो जिम्मेवारीबाट पछि नहटेको र आगामी दिनमा जतिसुकै संकट आएपनि डटेर सामना गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे । उद्घाटन कार्यक्रममा प्रथम भाइस गभर्नर बालकृष्ण बुर्लाकोटी, द्वित्तीय भाइस गभर्नर धनराज आचार्यले देशको परिस्थितिका बाबजूद डिष्ट्रिक्टले महत्वपूर्ण काम गरेको बताएका थिए । त्यस अवसरमा सेक्रेटरी विश्वेश्वर आचार्य, कोषाध्यक्ष प्रजापति बाँस्तोलाले ४ महिनामा सम्पन्न गरेका कार्यक्रम र भावी रणनीतिबारे प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस अवसरमा उत्कृष्ट कार्य गर्ने ६० जनालाई विभिन्न अर्वाड प्रदान गर्नुका साथै रिजन र जोनका चियरपर्सनहरुले आ–आप्mना प्रतिवेदन प्रस्तुत एवं भावी रणनीतिका बारेमा जानकारी गराएका थिए ।
कार्यक्रमको समापनका अवसरमा प्रमुख अतिथि मल्टिपल काउन्सिल चियर पर्सन रमेश कुमार अग्रवालले लायन्सले अघि सारेका कार्यक्रम बारे प्रकाश पारेका थिए । उनले भूकम्प पीडित नेपालीका लागि १ हजार घर बनाउने योजना सरकारले प्राधिकरण निर्माणमा गरेको ढिलाइ गरेका कारण ढिलो भएको र अब छिट्टै उक्त योजनालाई अघि बढाइने जानकारी दिए । उनले अबको ४÷५ महिनामै उक्त कार्य सम्पन्न हुने समेत स्पष्ट पारे ।
कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर डा. युवराज खतिवडाले मुलुकको यस्तो विषम परिस्थितिमा लायन्सले महत्वपूर्ण साथ दिएको भन्दै लायन्सको यो गुनलाई राज्यले भुल्न नहुनेमा जोड दिए । मुलुकलाई ठूलो संकट एवं समस्या पर्दा सबैभन्दा पहिले लायन्सले आफ्नो क्रियाकलाप संचालन गरेको स्पष्ट पार्दै खतिवडाले लायन्सले संचालन गरेको मानवीय सेवा एवं सामाजिक गतिविधि बारे खुलेर प्रशंसा गरे ।
कार्यक्रममा लायन्स क्लव अफ डिष्ट्रिक्ट ए १ का भगर्नर सुनिल भक्त श्रेष्ठ, ए २ का गभर्नर रुद्रहरि ज्ञवाली, पूर्व मल्टिपल चियर पर्सन राजन लम्साल, डिष्ट्रिक्ट ३२५ बी १ का पूर्व गभर्नरद्वय योगेन्द्र प्रधान, युक्त प्रसाद श्रेष्ठका साथै डिष्ट्रिक्टका वर्तमान प्रथम भाइस गभर्नर बालकृष्ण बुर्लाकोटी र द्वितीय भाइस गभर्नर धनराज आचार्य लगायतले लायन्स गतिविधिमाथि प्रकाश पारेका थिए । डिष्ट्रिक्ट ३२५ बी १ को प्रथम क्याविनेट मिटिङ गत भदौमा पोखरामा सम्पन्न भएको थियो । उक्त मिटिङमा भूकम्पले ग्रसित मुलुकको अवस्था बारे गहन छलफल एवं योजना तयार भएको थियो भने हालै काठमाडौंमा सम्पन्न दोस्रो मिटिङमा नाकबन्दी, तराई आन्दोलनबाट मुलुकले भोग्नुपरेको पीडामाथि गम्भीर बहस भएको बताइन्छ । क्याविनेट मिटिङले भूकम्प र नाकावन्दीलाई मध्यनजर गर्दै त्यसै अनुरुप भावी रणनीति तय गरिएको डिष्ट्रिक्ट सेक्रेटरी विश्वेश्वर आचार्यले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । काठमाडौंका ३ क्लव सेन्ट्रल टाउन, गोल्डेन टाउन तथा स्वयम्भू टाउनले मिटिङको होस्ट परेको आचार्यले बताए ।
Post a Comment