0
कपडा व्यवसायी एशोसिएशनका पदाधिकारी र विद्यालयमा अध्ययनरत विद्यार्थी, कार्यरत शिक्षक शिक्षिकामा साथै अभिभावकहरु सामूहिक तस्वीर खिचाउँदै ।            तस्वीर ः हरि पन्त÷गोल्डेन न्यूज
हरि पन्त
पोखरा १२ मंसिर ।कपडा व्यवसायी एशोसिएशन पोखराले कास्कीकोट–९, गैराबारी बान्द्रेस्थित श्री विजया प्राविका विद्यार्थीहरुलाई विद्यालय पोशाक वितरण गरेको छ । शनिबार विद्यालय प्राङ्गणमा आयोजित एक कार्यक्रमका बीच विद्यालयमा अध्ययनरत २६ जना विद्यार्थीहरुलाई पोशाक वितरण गरेको हो । संस्थाका अध्यक्ष यामनाथ तिमिल्सिनाको नेतृत्वमा महासचिव नविन नापित, कोषाध्यक्ष जीवन प्रकाश श्रेष्ठ, कार्यक्रम संयोजक मिनबहादुर अधिकारी, सदस्यहरु सत्यनारायण खेतान, अनिल सिग्देल, राजेन्द्र राणा, लेखनाथ पौडेल र पत्रकार हरि पन्त पोशाक वितरण कार्यक्रममा सहभागी थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिक्मत बहादुर बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई पोशाक वितरण गरिएको थियो । त्यस अवसरमा बोल्दै अध्यक्ष तिमिल्सिनाले संस्थाको सामाजिक उत्तरदायित्वलाई मध्य नजर गर्दै विद्यालयमा पोशाक वितरण गरेको हो । उनले भने–‘यो स्कूलमा मैले पनि अध्ययन गरे, विद्यालयको व्यवस्थापन समितिमा पनि बसेर काम गरें । अहिले सानो भएपनि सहयोग गर्न पाउँदा धेरै खुशी लागेको छ ।’ यस्ता सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने उनले प्रतिवद्धता जनाए । साथै उनले विद्यालयमा विद्यार्थीहरु घढ्दै गएकोमा चिन्ता प्रकट गरे । आफूले पढ्दा कक्षा १ मै २५० जना विद्यार्थीहरु हुँदा बस्ने ठाउँ निकै समस्या रहेको स्मरण गर्दै उनले अहिले विद्यालयमा जम्मा २६ जनामात्र विद्यार्थी हुनु निकै चिन्ताको विषय भएको बताए । उनले विद्यालयमा गुणात्मक शिक्षा प्रदान गर्न सके विद्यार्थीहरु बजार बाटै फर्कने स्पष्ट पार्दै विद्यालयमा अंगे्रजी पढाइ शुरु गरे आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा कार्यक्रम संयोजक मिनबहादुर अधिकारीले व्यक्तिगत रुपमा सबै विद्यार्थीलाई एक÷एक स्वीटर सहयोग गर्ने प्रतिवद्धता जनाए । त्यस अवसरमा बोल्दै उनले अति विपन्न वर्गका विद्यार्थीहरुलाई सानै सहयोगमा भएपनि पोशाक महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । त्यस अवसरमा बोल्दै विद्यालयका प्रधानाध्यापक सुरेश बहादुर रानाभाटले कपडा व्यवसायी एशोसिएशन र मिनबहादुर अधिकारीले गरेको सहयोग विद्यार्थीहरुका लागि महत्वपूर्ण हुने बताए । उनले स्थानीय एवं कपडा व्यवसायी एशोसिएशनका अध्यक्ष यामनाथ तिमिल्सिनाको सहयोगमा  खानेपानी ट्याङ्की निर्माण, र बाबा फाउण्डेशन पोखराको सहयोगमा विद्यालयको छानामा रङ्गरोगनका साथै अन्य केही संस्थाको सहयोगमा  विद्यार्थीहरुलाई खाजाको व्यवस्था भएको स्पष्ट पार्दै अन्य सहयोग पनि थपिने आशा व्यक्त गरे ।
उनले अहिले हुने खाने र हुँदा खाने अवस्थामा विद्यालय चलिरहेको भन्दै ग्रामीण भेगका विद्यालयमा अध्ययन गर्नेहरु बाध्यतावस मात्रै अध्ययन गरिरहेको बताए । कार्यक्रममा विद्यालयका पूर्व प्राधानाध्यापक पूर्णाखर सुवेदीले आफू विद्यालयको प्रधानाध्यापक भएर आउँदा २५० विद्यार्थी भएको स्कूलमा अवकाश पाउँदा ३६ जनामात्र विद्यार्थीहरु निकै दुःख लागेको बताए । उनले विभिन्न योजना र अभियानका साथै विद्यालयमा शिक्षाको गुणस्तर बढाएर सहर केन्द्रित विद्यार्थीलाई फर्काउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा स्थानीय एवं पोखराका प्राध्यापक वेदहरि तिमिल्सिना, विद्यालय शिक्षक शेषराज तिमिल्सिना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बस्नेत लगायतले आ–आप्mनो भनाइ राखेका थिए । वि.सं. २०२९ सालमा स्थापित उक्त विद्यालयमा हाल ४ जना स्थायी र १ अस्थायी दरबन्दी रहेका छन् । 


Post a Comment

 
Top