0
गोल्डेन न्यूज संवाददाता
नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११, पोखरा भ्याली स्पोर्टस् क्लव र रामबजार तायाःमचाः नाच समितिको संयुक्त आयोजनामा पासापुच साउथ इष्ट लण्डन युकेका अध्यक्ष लगायत तथा अन्य अतिथिलाई स्वागत गर्दै दिवा भोज कार्यक्रम सम्पन्न भयो । रामबजार सोसाइटी युकेका सल्लाहकार एवम् समाजसेवी डा.चन्द्र बहादुर गुरुङ्गको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पासापुच साउथ इष्ट लण्डन युकेका अध्यक्ष र तमु समाज युकेका सल्लाहकार टिका गुरुङ्गलाई क्रमशः रामबजार तायाःमचाः नाचको डिभिडि, क्यालेण्डर, नाच सम्बन्धी जानकारी पत्र र तमु समाज युकेलाई रेडक्रस भवनमा रकम सहयोग गरेवापत सम्मानपत्र र मायाको चिनोले सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि डा.गुरुङ्गले रामबजार क्षेत्रका संघसंस्थाहरुको एकआपसको सहकार्य गरी अगाडि बढ्नुपर्ने बताए । उनले संस्थालाई अगाडि बढाउन हरेक महिनामा बैठक राखी आफ्ना विचार राखी निर्णय गराउन अनिवार्य रहेको र त्यस्ता कार्यहरुमा युकेका समाजले सहयोग गर्न तत्पर रहेको स्पष्ट पारे । कार्यक्रममा पासापुच साउथ इष्ट लण्डनका अध्यक्ष चुत्र श्रेष्ठ, रामबजार सोसाइटी युकेका सल्लाहकार महेश गुरुङ्ग, तमु समाज युकेका सल्लाहकार टिका गुरुङ्ग, नेवाःखल कास्कीका अध्यक्ष अशोक पालिखे, नगर महिला समन्वय समितिका अध्यक्ष पवित्रा गुरुङ्ग, रामबजार सोसाइटी युकेका निवर्तमान अध्यक्ष रुपक गुरुङ्ग लगायतले आ–आफ्नो धारणा राख्दै उपशाखाको भवन निर्माण, पोखरा भ्याली स्पोर्टस् क्लवको इलेभेन साइड फुटबल प्रतियोगिता, रामबजार तायाःमचाः नाचको कार्यक्रमलाई आवश्यक अनुसार सहयोग गर्न युकेमा रहेका संस्थाहरुले पहल गर्ने बताउँदै रामबजारबासीहरु एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।
पोखरा भ्याली स्पोर्टस् क्लवद्वारा आयोजित दोस्रो स्व.अमन गुरुङ्ग सेभेन ए साइड फुटबल प्रतियोगितामा प्रथम पुरस्कार प्रदान  गर्ने हङ्गकङ्गका विक्की गुरुङ्ग, दोस्रो पुरस्कार प्रदान गर्ने कोरियाका दिनेश गुरुङ्ग, उपशाखा भवन निर्माण गर्न र तायाःमचाः नाच र पोखरा भ्याली स्पोर्टस्लाई सहयोग गर्ने दुवइ निवासी प्रताप परियार लगायत पूर्व राष्ट्रिय खेलाडी विजय गुरुङ्गलाई सम्मान गरिएको उक्त कार्यक्रममा उपशाखा १०, ११,पोखरा भ्याली स्पोर्टस् क्लव र तायाःमचाःनाच सम्बन्धी चर्चा गर्दै तायाःमचाः नाच युके लैजान पहल भैरहेको संस्थाका सचिव विश्व तण्डुकारले बताए । पोखरा भ्याली स्पोर्टस् क्लव रामबजारका कार्यवाहक अध्यक्ष खेम गुरुङ्गले  स्वागत गरेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी उपशाखा १०, ११ का सभापति, रामबजार तायाःमचाः नाच समितिका अध्यक्ष एवम् पोखरा भ्याली स्पोर्टस् क्लवका सचिव सम्मरबहादुर श्रेष्ठको सभाध्यक्षमा सम्पन्न कार्यक्रमको संचालन नाच समितिका उपाध्यक्ष नारायण श्रेष्ठले गरेका थिए ।





Post a Comment

 
Top