0
गोल्डेन न्यूज संवाददाता
कास्की र छिमेकी जिल्लाहरुमा  परिवार नियोजनको आकस्मिक गर्भनिरोधक (ईमर्जेन्सी) पिल्स अस्थाई साधनको दुरुपयोग बढ्न थालेको छ । नेपाल सि.आर.यस. कम्पनी र अन्य कम्पनीहरुले पछिल्लो पटक नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । शिक्षा र चेतनाको विकासक्रसंगै अहिलेको युवापुस्ताले आधुनिक विज्ञानले विकास गरेको स्वास्थ्य प्रविधि र साधाहरुको उपयोगमा अग्रसर हुन थालेका पत्रकार नरहरि पौड्याल लेख्छन् । विकासक्रमलाई पछाउने क्रममा शिक्षा र चेतनाको विकासको चरणमा भर्खर वामे सर्दै गरेको नेपाली समाजमा युवतीहरुले यस किसिमको चक्कीको निकै दुरुपयोग गर्न थालेका छन् ।
 
कास्कीको ढिकुरपोखरी गाविस पोखरा नगरबाट झण्डै तीस किलो मिटरको दुरीमा पर्छ । त्यहाँको कुँवर मेडिकल हलमा आकस्मिक गर्भ निरोधक चक्की किन्ने ग्राहकहरुको कमी छैन । फार्मेसीका सञ्चालक भक्त बहादुर कँुवरका अनुसार उक्त आपतकालिन गर्भनिरोधक चक्की विवाहितदेखि अविवाहितहरु समेतले किन्ने गरेका छन । नयाँ पुस्ताका शिक्षित युवतीहरुले यसको प्रयोगलाई वढवा दिएको फामेएसी संचालक समेत रहेका पत्रकार पौड्याल बताउँछन् । उनका अनुसार विषेश गरी आकस्मिक चक्कीको प्रयोग गाउँको तुलनामा शहर वजारमा वढी हुने गरेको पाइन्छ ।
 
समयको परिवर्तन, शिक्षा र चेतनाको विकाससँग केही वर्ष देखि देशका गाउँ वस्ती र शहर वजारका औषधि पसलहरुवाट आकस्मिक गर्भ निरोधक चक्की वढी मात्रमा विक्री हुने गरेको पौड्याल बताउँछन् । यसको बढ्दो प्रयोग सँगै ब्यापकमात्रमा दुरुपयोग र गलत रुपमा प्रयोग हुनथालेको सरोकार वाला र विज्ञहरुले बताएका छन् । विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) ले आकस्मिक गर्भनिरोधक चक्कीका रुपमा लिभोनर्जिस्ट्रल नामक हर्माेनलाई प्रस्तावित गरेको छ । यो महिलाहरुले खाने आपतकालिन गर्भनिरोध हर्मोन जन्य चक्की हो । यसको प्रयोग अशुरक्षित यौन सम्पर्क भएको चार दिन भित्र अर्थात ७२ घण्टाभित्र १.५ मिलिग्रामको सिङ्गल मात्र अर्थात वैकल्पिक रुपमा महिलाहरुले ०.७५ मिलिग्रामको १२ घण्टाको फरकमा दुई मात्राका रुपमा प्रयोग गर्नु पर्ने विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) को तथ्य पत्रमा उल्लेख गरिएका छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार आकस्मिक गर्भ्निरोधक चक्की शतप्रतिशत ग्यारेन्टी नभएको र यसको गर्भ रोक्ने प्रतिक्षमता लिवोनर्जिस्ट्रलमा ५२ देखि ९४ प्रतिशतसम्म रहेको ले अशुरक्षित यौन सम्पर्क भएको जतिछिटो यसको प्रयोग गरियो त्यति नै प्रभावकारी रहने बताइन्छ ।
 
अहिलेकायुवा पुस्ता र विशेष गरि टिनएजरहरुले आकस्मिक गर्भनिरोधक चक्कीको प्रयोग जथाभावी रुपमा नियमित अस्थाई साधनका रुपमा व्यापक प्रयोग गरेको पाइन्छ । यस चक्की नियमित साधनका रुपमा नभई आपतकालिन गर्भनिरोधका रुपमामात्र प्रयोग गरेमा यसको फेलर रेट कम हुन सक्छ अन्यथा नियमित प्रयोग भएमा यसले नराम्रो असरहरु देखा पर्ने गर्भ निरोधको उपयोगिक्षमता नरहने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका पोखराका प्रसुति तथा स्त्री रोग विषेशज्ञ डा. नविनकुमार श्रेष्ठ वताउँछन । उनका अनुसार यसको दुरुपयोग गरे स्वास्थ्य सम्वन्धी बिभिन्न खालका असरहरु देखिन सक्छन् । हाम्रो वजारमा बिभिन्न ट्रेड नाम, व्राण्ड र डोजहरुमा उपलव्ध हुने पिल्सहरु रहेका छन् । मात्राका आधारमा एउटा मात्र चक्की एक पटकमात्र खाने र दुई ओटा चक्की भएको पिल्स प्रयोग गर्नुपर्ने भएमा पहिलो चक्की प्रयोग गरेको १२ घण्टापछि पुनः प्रयोग गर्नुपर्ने पृथ्वीचोक स्थित रहेको शुभेच्छा मेडिकल हलका सञ्चालक एवं स्वास्थ्य सहायक रीता पौडेल बताउँछिन् ।
 
दैनिक रुपमा बिभिन्न व्राण्डका करिब १० वटाको संख्यामा आकस्मिक गर्भनिरोधक चक्कीहरु आफ्नो पसलबाट बिक्रस् हुने गरेको उनले बताइन । उनका अनुसार नियमित रुपमा महिनाको ६ सात वटासम्म आकस्मिक चक्की लगातार प्रयोगका लागि लग्ने प्रयोग कर्तालाई यसरी नियमित चक्कीको दुरुपयोगले स्वास्थ्यमा नराम्रो असर पर्ने र गर्भ रहने सल्लाह दिने गरेको उनले बताइन ।
 
आजकल आकस्मिक गर्भनिरोधक चक्कीको विज्ञापन, वजार विस्तार र चेतनाको वृद्धि विकाससंग यसको प्रयोगमा व्यपकता आएको छ तर यसको व्यापक रुपमा गतल प्रक्रियाबाट प्रयोग हुने गरेका छ । आपत कालिन चक्कीलाई परिवार नियोजनको नियमित साधनका रुपमा गतल प्रयोग भएको छ भने पर पुरुष तथा पर स्त्रीहरुले बिना कन्डम अवैध यौन सम्पर्क राखेपछि गर्भनिरोधक चक्कीको प्रयोग गर्नाले भोलिका दिनहरुमा यौन रोग तथा एचआइभीको संक्रामक भयावह स्थिति देखापर्ने सम्वन्धित सरोकारवालाहरुको भनाई रहेको छ ।
 
प्रसुति तथा स्त्री रोग विषेशज्ञ डा. नविनकुमार श्रेष्ठका अनुसार यो चक्की आकस्मिक अवस्थामा भएको यौन सम्पर्कबाट हुन सक्ने गर्भधारणबाट वच्ने एउटा उपायमात्र हो । यसको नियमित प्रयोगले शरिरमा हर्मोनको स्तरमा बृद्धि गराई हर्मोनल सम्बन्धित बिभिन्न किसिमका जटिलता देखिन सक्छ उनले भने । उनका अनुसार यो चक्कीले यौन तथा एचआइभी एड्स जस्ता यौन जन्य संक्रमणबाट जोगाउँदैन । यसको नियमित प्रयोगले हाड खिइने, क्यान्सरको समस्या, मुटु रोगमा वृद्धि र शरीरको प्रतिरोधात्मक क्षमतामा ह्रास आउने जस्ता समस्या देखापर्न सक्ने श्रेष्ठले बताए । ‘आकस्मिक गर्भनिरोधक चक्कीमा उच्च मात्रमा हर्मोनको प्रयोग रहेको हुन्छ यसको जथा भावी प्रयोगले महिलाहरुमा प्रजनन् सम्बन्धी समस्याहरु उत्पन्न हुन सक्छ । महिनावारीमा अनियमितता, रक्तस्राव भईरहने जस्ता असरहरु देखापर्ने प्रवल सम्भावना रहन्छ । यस चक्कीको प्रयोग पश्चात् महिलाहरुको डिम्ववाहिनी नलीमा वहने डिम्बको उत्पादनलाई रोकेर गर्भवती हुने प्रकियालाई रोक्छ र निषेधित अण्डालाई गर्भाशयसम्म जान रोक्छ । जहाँ निषेधित डिम्ब गर्भाशयमा पुगेपछि भ्रुणको बृद्धि विकास यही गभाशयमा हुने गर्छ । यहि वृद्धि विकास हुने ठाउँसम्म जानबाट रोकेर यो पिल्सले गर्भाधान प्रक्रियालाई अवरुद्ध पार्दछ’–डाक्टर श्रेष्ठले भने । आकस्मिक रुपमा प्रयोग गरिने यस चक्कीको प्रयोग पश्चात् महिलाहरुमा वाकवाकी लाग्ने, वान्ता हुने, चक्कर लाग्ने, थकाई लाग्ने, टाउको दुख्ने, बीच–बीचमा रगत देखिने, व्रेस्ट दुख्ने, रजस्वला ढिलो हुने जस्ता असरहरु देखिन सक्ने श्रेष्ठले बताए आकस्मिक गर्भनिरोधक चक्कीको विशेष प्रयोग कुनै गर्भनिरोध बिना राखिने यौन सम्मर्क, कण्डम च्यातिएको अवस्था, बलात्कार र गर्भनिरोधको प्रयोगको कन्फ्युजन भएको अवस्थाहरुमा यसको प्रयोग गर्ने उदेश्यले यस चक्तिलाई प्रयोगमा ल्याईएको भएतापनि यसको दुरुपयोग भएको पाइन्छ । यसरि नियमितरुपमा चक्कीको दुरुपयोग हुदै जानेहो भने केही समयमानै नेपालका जन्मान्तर दरमा ब्यापक बृद्धि हुनुको साथै एचआईभी एड्स लगायतका यौनजन्य रोगको संख्यात्मक बृद्धि हुने विशेषज्ञहरु बताउँछन् ।


Post a Comment

 
Top