राजाराम पौडेल÷गोल्डेन
नवरात्रीको आगमनसँगै दशैको चहलपहल विस्तारै बढ्दै छ । तर पनि इन्धन अभाव, विनाशकारी भूकम्प, बाढि पैरो लगायतका कारणले गर्दा अन्य वर्षको तुलनामा दशैँको रौनकमा कमी आएको छ । विस्तारै जनजीवन सामान्य हुने र दशंैलाई उल्लासमय तरिकाले मनाउन पाइने आशा आम पोखरेलीको छ । पोखराका व्यस्त बजारमा दशैको किनमेल गर्नेको भिड विस्तारै बढेको छ । तर यो अन्य वर्षको तुलनामा निकै कमि हो । कला–साहित्यको राजधानी शहरको रुपमा परिचित सुन्दर नगरी पोखरामा दशैँको अवसरमा विभिन्न कार्यक्रमको आयोजना पनि भइरहेका छन् । यस्ता कार्यक्रममा सहभागिता जनाउनेको संख्या पनि थोरै छ । यति हुदाँ–हुदै पनि नेपाली साँगीतीक क्षेत्रमा स्थापीत बनीसकेको पोखराका संगीतकर्मी हरुले यसपालिको विजया दशमीलाई मनाउनै आ–आफ्नै योजना बनाएका छन् ।
पोखरा बाहिर रहेर कलाकारिता क्षेत्रमा संघर्ष गरिरहेका कतिपय कलाकर्मी पोखरा आएका छन् भने केही आउने तरखरमा छन् । त्यस्तै पोखरालाई कर्मथलो बनाई अगाडि बढीरहेका कलाकारहरु आफ्नो जन्मथलो फर्किदैछन् । पछिल्लो क्रममा दशंै पर्वमा विभिन्न विकृति र विसंगति समेत भित्रिएको सबैलाई आभाष भैरहेको अवस्थामा यसप्रति कलाकर्मी पनि चिन्तित छन् । दशैँमा मान्यजनबाट टिका थाप्ने आर्शिवाद ग्रहण गर्ने पिङ खेल्ने, चङ्गा उडाउने भन्ने गरएिपनि पछिल्लो पुस्ताका व्यक्तिले यस्को संरक्षण गर्न नसकेको गुनासो आएको छ । त्यसो त दशैँको महत्व बढाउने खालका कार्यक्रम गरी संस्कृतीको रक्षा गर्नुपर्नेमा कलाकर्मीको एकमत छ । दशैँको अवसरमा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले यस वर्ष पनि नवदुर्गा महोत्सव र सिटि रेवानको आयोजनामा पोखरा रङ्गशालामा चौथो सिटी रेवान महोत्सव एण्ड फुड फेस्टिवलको आयोजना पोखरामा भैरहेको छ । यसैगरी विभिन्न ठाउँमा विभिन्न संघ संस्थाको आयोजनामा दशैं विशेष कार्यक्रमको आयोजना भएका छन् । यस्ता कार्यक्रममा केहि पोखरेली कलाकर्मीको सहभागिता देखिन्छ ।
हरिदेवी कोइराला
(वरिष्ठ लोक दोहोरी गायिका)
पाँच वर्ष पछि टीका लगाउदै
विभिन्न कारणले विगतका वर्षहरुमा झै यो वर्षको रौनक नदेखिएपनि लोकदोहोरी गायिका हरिदेवी कोइरालाको यसपटकको दशै विशेष हुदैँछ । ‘विगत लगातार पाँच वर्षको दशैमा टीका लगाउन नपाएर खल्लो हुने गरेको भएपनि यो दशैमा परिवारका साथ दशैँ मनाउदै छुँ’–उनले भनिन् । वाल्यकालमा दशैँको महत्व ज्यादा हुने गरेको उनको अनुभव छ । बाल्यकालमा दशैँमा पिङ खेल्ने ठूलावडाको आर्शिवाद लिने मात्र नभएर दक्षिणाको रुपमा प्राप्त पैसाको महत्व हुने गरेको उनले सुनाइन् । ‘दक्षिणाको रुपमा प्राप्त पैसा गन्न मजा आउथ्यो, नयाँ लुगा लगाउने चाहना हुन्थ्यो’–उनले भनिन् । चाडबाडमा तडक–भडक गर्नुहुदैन भन्ने मान्यताका उनी घाटी हेरेर हाँड निल्नका लागि सबैलाई आग्रह गर्छिन् । ‘दशैं भनेको टिका र आर्शिवादको महत्व भएको पर्व भएकोले अनावश्यक खर्च गर्न हुँदैन’–उनले आग्रह गरिन् ।
कृष्ण देवकोटा
लोक दोहोरी गायक
पिङ हाल्ने क्रम घट्दै गएकोमा दुःखी
अरुको सिको नगरौँ आफ्नो हैसियतअनुसार दशैँलगायतका अन्य चाडपर्वहरु मनाउनुपर्छ भन्ने मान्यता राख्ने उनी पछिल्लो सयममा अरुले के ग¥यो भनेर मान्छेहरु त्यहीअनुसार पछाडि लाग्ने प्रचलन बढिरहेकोमा चिन्तित छन् । आधुनिक शैलीबाट चाडपर्वहरुलाई मनाउने चलन बढेकोमा चिन्तित उनी आफ्नो हैसियत र परम्परा अनुसार आफ्नो संस्कृतिको मुल्य मान्यता अनुसार चाडपर्व मनाउन आग्रह गर्छन् ।
पिङ खेल्न मन पर्ने बताउने उनी आजभोलि पिङ हाल्नेक्रम घट्दै गएकोमा दुःखी छन् । ‘बाल्यकालमा गाउँतिर रमाइलो गरिन्थ्यो’–उनले भने । बजारबाट च्याङ्ग्रा लिएर जाने गाउँमा हालिने पिङ खेल्ने गरेको अनुभव उनको छ । मगर गाउँ नजिकै भएकोले रातभर रोदोबस्ने गरेको उनले सुनाए । विभिन्न कार्यक्रममा व्यस्त उनी अहिले इन्धन अभाव भएकोले दशै खल्लो हुने तर्क गर्छन् । त्यसो त विनाशकारी भूकम्प र बाढि पहिरोको कारण यसपालिको दशंै अघिल्ला वर्षहरुको जस्तो नहुने उनले बताए । तडक–भडक नगरि आफ्नो हैसियत अनुसार दशैँ मनाउन सबैलाई आग्रह उनको छ ।
विनोद बाँनिया
गायक
‘पिङ खेल्न मन पर्छ’
पोखरेली गायक विनोद वानिया यसपालिको दशंै घरपरिवारकै साथमा मनाउने योजनामा छन् । भड्किलो तरिकाले दशैंलाई मनाउन नहुने तर्क राख्ने उनी पिङ खेल्न मन पराउँछन् । दशंै भन्नेवितिकै मासु खाने जाड–रक्सी खाने अनि जुवातास खेल्ने सोचाई हुन्छ, खेल्ने खाने भएमा ‘लिमिट’ रुपमा खान खेल्न उनको आग्रह छ । मुस्कान सहित दशंै मनाउनुपर्ने भन्ने उनी नेपाली चाडपर्व मनाउन छोडी विदेशी संस्कृतिको सिको गर्ने चलन प्रति असन्तुष्ट व्यत्त गर्छन् । जाँड रक्सी नखाई नेपालीहरु आफ्नो संस्कृतीको रक्षा गर्ने तर्पm सबै युवा जाग्नु पर्ने बेला आएको तर्क उनको छ । दशैँका केहि कार्यक्रममा व्यस्त रहेका उनी घुम्न मनपराउछन् । यसपालिको दशैँमा साथीहरुसँग अन्नपूर्ण वेस क्याम्प ट्रेकिङमा जाने योजना उनको छ । दशैँको मुख्य आर्कषण पिङ भएकोले पिङ खेल्न सबैलाई आग्रह गर्छन् । ‘दशैँको मुख्य आकर्षण पिङ हो सबैले पिङ खेल्नुहोला’ उनले भने ।
तुलसा जिसी
लोक दोहोरी गायिका
’कार्यक्रममानै व्यस्त’
लोकदोहारी गायिका तुलसा जिसी दशैंको अवसरमा आयोजीत विभिन्न कार्यक्रममानै व्यस्त छन् । यसपालिको दशैं घरपरिवारसँग मनाउने उनको योजना छ । दशैंमा पिङखेल्न र मान्यजनको हातबाट टिका थापी आर्शिवाद गह्रण गर्न उनलाई मनपर्छ । आफ्नो हैसियत अनुसार संस्कृति जोगाउने तरिकाले दशैं मनाउनुपर्ने बताउने उनी एक अर्कामा सुमधुर सम्बन्ध बनाउने पर्व दशंै भएकोले जुवातास नखेली आफ्नो संस्कृति मूल्य र मान्यता अनुसार मनाउन आग्रह गर्छिन् । ‘दशैँमा अनावश्यक तडक भडक नगरी आफ्नो हैसियत अनुसार दशैँ मनाउनुहोला’ उनले भनिन्् । बाल्यकालमा दशैँको महत्व बढि हुने गरेको बताउने उनलाई पिङ खेल्न मन पर्छ ।
राजन कार्की
दोहोरी गायक
साथी भाईसँग रमाइलो गर्ने
यसपालीको दशैंमा काममानै बढी व्यस्त भएको बताउने दोहोरी गायक एवंम सञ्चारकर्मी राजन कार्की साथीभाईसँग रमाइलो गर्ने सुरमा समेत छन् । आफ्नो दक्षता अनुसार मितव्ययीता अपनाएर दशै मनाउनु पर्छ भन्ने उनी दशैको नाममा विकृति विसंगति भित्रिएकोमा भने चिन्तित छन् । पिङ खेल्न मन पराउने उनी स्याङ्जा विचारी चौतारामा रहेका घर परिवारसँग दशैं मनाउने बताउँछन् । ‘दशैंमा सबै परिवार, साथीभाई इष्टमित्रको भेटघाट हुने भएको भएपनि अनावश्यक तडक–भडकले दशैको महत्व घटाएको छ’–उनले दुखेसो पोखे । इन्धन अभावका कारण दशैँका सबै कार्यक्रममा सहभागिता जनाउन नपाएका उनी विवाह गरेको पहिलोवर्ष भएकोले ससुराली गएर टीका थाप्ने र आशिर्वाद लिने सोचमा छन् । उनी पनि बाल्यकालमा दशैँको रौनक बढि हुने गरेको बताउँछन् ।
जसु गुरुङ्ग
नायिका तथा निर्देशक
‘दशैं हङकङमा मनाउने’

गुरुङ्ग फिल्म कि नायिका एवं विभिन्न म्युजिक भिडियोकी निर्देशक जसु गुरुङ्ग यसपालिको दशैं हङकङमा गएर मनाउँदै छन् । उनीद्वारा अभिनित फिल्म ‘चोखो माया’ हङकङमा प्रदर्शन गरी त्यहाँ रहेका नेपाली सँग दशैँ मनाउने उनले जनाइन् । सबै मिलेर सामाजिक चाडको रुपमा दशैंलाई मनाउनुपर्ने भनाइ राख्ने उनी भड्किलो तरिकाले दशैँ मनाउन नहुने भन्दै जुवातास, मदिरापान सेवन नगरी आफ्नै मनबाट रचानात्मक कार्य गरीे मनाउनु पर्ने धारणा राख्छिन् । ‘
दशंै भन्नेवित्तिकै पिङ, रक्सी, जुवातास जोडेर आउने भन्दै यसमा सजग भएर दशैँलाई दशाको रुपमा हैन हाँसी खुशी मनाउनुपर्छ’–उनी बताउँछिन् । लामो समयपछि साथीहरु, आफन्तजनहरु भेटिने हुँदा दशैंले आत्मीयता बढाउने उनको बुझाई छ । विगतको तुलनामा दशैंको रौनक घटेकोमा चिन्तित उनी विकृतिमुक्त पर्वको रुपमा दशैँलाई मनाउनु पर्ने धारणा राख्छिन् ।
प्रतिक्रियाका लागि ः
उयउमष्बचथ२नmबष्।िअयm

Post a Comment