0
गोल्डेन न्यूज संवाददाता
सिद्धार्थ क्लब पोखराले नेपालीहरुको महान चाड विजयादशमी तथा दीपावलीको शुभ अवसरमा बगालेटोल स्थित क्लबको सभाहलमा क्लबका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ । देशको असहजक परिस्थितमा नेपालीहरुको महान चाड विजयादशमी मनाउनुपरेता पनि यसलाई सहजताको रुपमा रहेर उल्लाशका साथ मनाउनु पर्ने भनाई व्यक्त गर्दै विजया दशमी तथा दिपावलीको उपल्क्षयमा उपस्थित कार्यसमिति सदस्य, पूर्वअध्यक्ष, सदस्यहरु विभिन्न संघ–संस्थाका व्यक्तिहरु, कर्मचारी साथीहरुमा महान पर्वको शुभकामना व्यक्त गरे । कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष दिपेन्द्र मर्सानी, निर्देशक श्यामलाल श्रेष्ठ, सल्लाहकार समिति संयोजक ज्ञानेश्वरराज श्रेष्ठ, पूर्व अध्यक्षहरु रामनारायण श्रेष्ठ, सुमन कुमार श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ गणेश छवीले यस पर्व तडक भडक नगरि, आफ्नो गक्ष र वर्तमान परिस्थितमा स्वाभिमानका साथ मनाउनु पर्ने मनासायको भनाई व्यक्त गर्दै सवैमा विजयादशमी तथा दिपावलीको  शुभकामना व्यतm गरे । कार्यक्रममा बगालेटोल सुधार समितिका अध्यक्ष हिराकाजी श्रेष्ठ, शुभ सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष श्याम कृष्ण श्रेष्ठ, लेकसिटी हस्पिटल एण्ड क्रिटिकल केयर प्रा.लि.का टुकलाल नेपाली, सिद्धार्थ टोल विकास संस्थाका अध्यक्ष गोमा सुवेदी कोईराला, कुँवरटोल विकास संस्थाका अध्यक्ष पार्वती पौडेल, सिद्धार्थ क्लबका व्यवस्थापन प्रमुख सुशिल पराजुली, बाल प्रायोजन प्रमूख वलराम तिमिल्सिना लगायतले देशको असहज परिस्थितिमा हामीले मैत्रीपूर्ण वातावरण सृजना गरी अन्याय र अत्याचार विरुद्ध न्यायको जित गराउन अग्रसर रहनुपर्ने धारणा व्यक्त गर्दै सवैमा शुभकामना व्यक्त गरे ।
 
क्लबका सचिव तीर्थ श्रेष्ठले संचालन गरेको कार्यक्रममा प्रथम उपाध्यक्ष रवि मर्सानीले स्वागत मन्तव्य र शुभकामना कार्यक्रम संयोजकले धन्यवाद ज्ञापन गरेका थिए ।
 
यसैबीच सिद्धार्थ क्लब पोखराको अयोजना तथा जिल्ला सहकारी डिभिजन कार्यालय कास्कीको सहकार्यमा सहकारीमा आबद्ध महिलाहरुका लागि दुईदिने क्षमता अभिबृद्धि तालिम सुरु भएको छ । नवगठीत सहकारीका महिला सदस्यहरुलाई सहकारीको मान्यता, सिद्धान्त र नेपाल सरकारबाट गरीने संरक्षण तथा अनुगमनका बारेमा जानकार बनाउँदै सहकारीको सामाजिक तथा आर्थिक गतिविधि हरुलाई चुस्त दुरुस्त पार्नको लागि सैद्धान्तिक र ब्यवहारिक ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजना गरीको तालिममा साबिक कृस्ती नाच्नेचौर गाबिसको दलित महिलाहरु रहेको मिर्मिरे कृषि सहकारी संस्था तथा अन्य नियमित बैठक बसी बचत गर्ने महिलाहरु गरी कुल २१ जना महिलाको सहभागिता रहेको कार्यक्रममा सहकारी निरीक्षक बिष्णुदेबी पोख्रेलको प्रमुख सहजिकरण गरीने क्लका कार्यक्रम संयोजक दुर्गाप्रसाद खनाले जानकारी दिए । सिद्धार्थ क्लब पोखराका सचिव तीर्थ श्रेष्ठको अध्यक्षतामा सञ्चालित कार्यक्रमको बिषय वस्तुका बारेमा नागरिक शिक्षा अधिकृत मनकुमारी तीलीजा पुनले कार्यक्रमको उद्देश्यमाथि  प्रकाश र सामाजिक परिचालक हेमराज अधिकारीले कार्यक्रम सञ्चालने गरेका थिए ।


Post a Comment

 
Top