गोल्डेन न्यूज संवाददाता
लायन्स क्लव अफ पोखरा पिस सिटीको आयोजनामा अञ्चल शशस्त्र प्रहरी गुल्म पोखरामा चौथो अन्तर लायन्स फुटबल प्रतियोगिता अन्तर्गत बिहीबार १२ खेल सम्पन्न भएका छन । खुलातर्फ पहिलो खेलमा आयोजक लायन्स क्लव अफ पोखरा पिस सिटीले लायन्स क्लव पोखरा हेल्पफुल हेण्डलाई ५–२ को अन्तरले पराजित गरेको छ । दोश्रो खेलमा पिस चौतारीले ५–२ न्यूरोड चौतारीलाई, तेश्रो खेलमा हेम्जाले २–१ ग्लोबल लेक सिटीलाई, चौथो खेलमा मिड टाउनले विन्दवासिनी चौतारीलाई सडन डेथमा पराजित गरेको छ । यसै गरी पाचौं खेलमा फेवा फिस्टेल सिटीले १–० पिस भ्यालीलाई, छैटौं खेलमा टुरिजम सिटीले ७–० सेन्ट्रललाईलाई, सातौं खेलमा माछापुच्छ«्रेले ३–० पिस सोसाईर्टी र आठौं खेलमा गोल्डेन चौतारीले १–० अन्तरले गत बर्षको डिफेन्डिङ च्याम्पियन लायन्स क्लब अफ पोखरा सुन्दर नगरीलाई हराएको छ । यसैगरी भेट्रान तर्फको पहिलो खेलमा मुनालले सेन्ट्रल भ्यालीलाई दोश्रो खेलमा युनाईटेड चौतारीले सृजना चौतारीलाई सडन डेथमा पराजित गरेको छ । यसै गरी तेश्रो खेलमा अन्नपूर्णले फिस्टेललाई र चौथो खेलमा आँगनले हिमालयनलाई पाखा पारेको छ । शनिवारको खेल बिहान ७ः०० बजेदेखि शुरु हुने आयोजक क्लब पिससिटीका अध्यक्ष टंकराज अधिकारीले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए ।
Post a Comment