0
गोल्डेन न्यूज संवाददाता
आफ्नो टोल आफै विकास गरौं हराभरा स्वच्छ, सुन्दर पोखरा बनाऔं भन्ने नाराका साथ २०६९ सालमा अमरसिंहचोकमा रहेका स्थानीयबासीको भेलाले अमरसिंहचोक टोल विकास संस्थाको स्थापना भई तेस्रो वर्षमा प्रवेश गरेको अवसरमा एक समारोहका बीच दोस्रो साधरणसभा तथा प्रथम अधिवेशन सम्पन्न गरेको छ ।

प्रमुख अतिथि वडा नं.१० का सचिव नवराज थापाले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै समाज र टोल विकासको कुनै पनि काम गर्नुपर्दा १।२ व्यक्तिले मात्र गर्न नसकिने हुँदा सबै टोलबासीहरु एकजुट भै लाग्नुपर्ने बताउँदै वडा कार्यालय बाट गर्नुपर्ने सबै काममा सहयोग गर्न तयार रहेको बताउँदै नवनिर्वाचित पदाधिकारीलाई अग्रिम बधाई दिए । कार्यक्रममा अमरसिंह टोल विकास संस्थाको २०७१÷०७२ को सचिवको प्रतिवेदन सुकबहादुर गुरुङ्ग र कोषाध्यक्षको प्रतिवेदन राजकुमार गुरुङ्गले प्रस्तुत गरेको प्रतिवेदन सर्वसम्मत पारित भएको थियो । उक्त अवसरमा टोल विकास संस्था वडा समन्वय समिति वडा नं.१० का अध्यक्ष सम्मरबहादुर श्रेष्ठको संयाोजकमा नागरिक मञ्च वडा नं.१० का अध्यक्ष हिमालय बख्रेल र अमरसिंह महिला समितिका अध्यक्ष सविता श्रेष्ठ रन्जीत सदस्य रहेको निर्वाचन मण्डलले २ वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित पदाधिकारीहरु को चयन गराएको छ । जसको अध्क्षमा कृण बहादुर थापा, उपाध्यक्षमा शान्ता थापा, सचिवमा चन्द्र न्यौपाने, सह–सचिवमा रामचन्द्र श्रेष्ठ, कोषाध्यक्षमा राजकुमार गुरुङ्ग र सदस्यहरुमा लिलाधर अधिकारी, शान्ता गुरुङ्ग, रामजी कार्की, निर्मला पोखरेल, गुना थापा र एकनारायण अधिकारी रहेका छन् । निर्वाचित पदाधिकारी र सदस्यहरुलाई समितिका पूर्व सल्लाहकार सु.विर बहादुर गुरुङ्गले टिका माला लगाई स्वागत गरेको उक्त कार्यक्रममा निर्वाचन अधिकृत सम्मरबहादुर श्रेष्ठले संस्थाको विधान अनुसार सपथ ग्रहण गराएका थिए । कार्यक्रममा टोल विकास संस्था वडा समन्वय समिति वडा नं.१० का अध्यक्ष एवम् निर्वाचन अधिकृत सम्मरबहादुर श्रेष्ठ, वडा नागरिक मञ्च वडा नं.१० का अध्यक्ष एवम् युनाइटेड क्लव पोखराका अध्यक्षका हिमालय बख्रेल, कामनाटोल विकास संस्थाका अध्यक्ष कृष्ण बहादुर थापा, संस्थाका सल्लाहकार सु.विर बहादुर गुरुङ्ग, मे.कृष्ण बहादुर गुरुङ्ग, लगायतका वक्ताहरुले टोल विकास संस्थाको काम, कर्तव्य र अधिकारका विषयमा जानकारी गराउँदै आफ्नो काममा आफै लाग्नुपर्ने बताए । अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष शान्ता थापाले स्वागत र कार्यक्रमको संचालन सचिव सुक बहादुर गुरुङ्गले गरेका थिए ।

Post a Comment

 
Top