गोल्डेन न्यूज संवाददाता
पहिचान सहितको संघीयता, तमुवानसहितको संविधानको माग राख्दै आन्दोलित तमुवान संयुक्त संघर्ष समितिले आफ्नो एक महिने आन्दोलनको सोमबार समिक्षा गरेको छ । गत भदौं १७ गते पोखरा ९ नयाँबजारस्थित तमु धिं नेपालको सभाहलमा आयोजित तमुवान प्रादेशिक भेलाद्धारा गठित तमुवान संयुक्त संघर्ष समितिले तीन चरणको एक महिने कार्यक्रमको आन्दोलनका अगुवाहरुले समिक्षा गर्दै आन्दोलन क्रमिक रुपले उपलब्धिमुलक हुदै गएको निष्कर्ष निकालेको छ । तमुवान आन्दोलनको समिक्षा गर्दै सहभागीहरुले तमुवान प्राप्ति आन्दोलन विरोधीको पहिचान भईसकेको र तमुवानको अधिकारमुखी आन्दोलनमा सबैको साथ सहयोगको आग्रह आग्रह गर्ने निर्णय गरेको छ । खास गरी तमु, आदिवासी जनजाति, विगतदेखि विभेद सहदै आएकाहरु र आम तमुवानबासीलाई पहिचान, अधिकार र अस्तित्वको तमुवानी आन्दोलन सक्रिय सहभागीताका लागि बैठकले आव्हान गरेको छ ।
संघर्ष समितिका संयोजक हुमबहादुर गुरुङले तमुवानको अधिकारमुखी आन्दोलनमा सबैको साथ सहयोगको आग्रह गर्दछौं भन्दै तमु लगायत आदिवासी जनजातिहरु आन्दोलनमै सक्रिय सहभागीता हुन नसक्ने बाध्यात्मक अवस्थामा रहेमा विरोध नगर्न सचेत गरे । यदि तमुवानको विरुद्धमा तमु वा आदिवासी जनजाति कोही सक्रिय हुन्छन भने त्यसको परिणामको जिम्मेवारी उनीहरुले नै लिनुपर्ने चेतावनी समितिको तर्फबाट संयोजक गुरुङले दिए । तमुवानको आन्दोलनका विरुद्ध तमुवानको राजधानी पोखरामा केही तथाकथित नेता भनाउदाहरु धाउने र षडयन्त्र गरिरहेकाले उनीहरुलाई सकर्तक रहन बैठकले चेतावनी दिएको छ ।
संघर्ष समितिले पहिलो चरणको कार्यक्रममा तमुवान जनजागरण अभियानसहित लखनचोकमा सडक धर्ना सभा, दोश्रो चरणमा प्रधानमन्त्री र संविधानसभाका सभाध्यक्षलाई ज्ञापनपत्र पठाउने, तमुवानको झण्डा फहराउने, जिल्ला प्रसासन कार्यालयमा दुइ घण्टा धर्ना, सिस्नोपानी जुलुस, अधिकार विहिन संविधान जारी हुन लागेको भन्दै तमु संस्कार अनुसार शव यात्रासहित अन्त्येष्टि, कालो संविधान विरुद्ध मसाल जुलुस र संविधान जलाउने, कालो संविधान खारेजीको माग राख्दै तमुवान प्रदेश बन्द लगायतका आन्दोलनको कार्यक्रम सम्पन्न गरेको छ यसरी नै तेश्रो चरणको आन्दोलनको कार्यक्रम अन्र्तगत क्षेत्रीय आन्दोलन समिति गठन र प्रशिक्षणहरु, असोज १४ गतेदेखि १७ गतेसम्म लखनचोकदेखि लेखनाथ गगनगौडा पावर हाउससम्म तमुवान राजमार्ग यात्रा सम्पन्न गरेको छ ।

कार्यक्रममा सहभागी आन्दोलनका अगुवाहरुले आन्दोलन विना तमुवान, पहिचान र अधिकार प्राप्ति नहुने भन्दै सशक्त आन्दोलन गर्नुपर्नेमा जोड दिएका थिए । चौथो चरणको आन्दोलनका कार्यक्रमको तयारी सहित एकमहिने आन्दोलनको समिक्षा बैठकका सहभागीहरुले संगठन निर्माण, समन्वय, सहकार्य, प्रशिक्षण सचेतना, जनकारवाही सहित बृहत सडक कार्यक्रम गर्ने सुझावहरु दिएको संघर्ष समितिका सचिव गजेन्द्र सुब्बाले जानकारी दिए । बैठक तमुवान संयुक्त संघर्ष समिति तमुवान प्रदेशका संयोजक हुमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Post a Comment