गोल्डेन न्यूज संवाददाता
महिलाहरुद्वारा स्थापित एवं संचालित पोखरा १३ संगमटोल स्थित फ्याफुल्ला विकल्प महिला वचत तथा ऋण सहकारी संस्थाको चौंथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । तामाङ बौद्ध सेवा समितिको सभाहलमा आयोजित कार्यक्रमको, प्रमुख अतिथि जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । साधारणसभामा सरकारीका वालबचतमा प्रथम सुशान्त गुरुङ, द्वितीय टेक तामाङ र तृतीय विनीता तामाङ र उत्कृष्ट ऐच्छिक बचतकर्ता सुकमाया तामाङ सम्मान गरिएको थियो । साधारणसभामा सहकारीका सचिव पवित्रा तामाङले पेस गरेको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष बुद्धिमाया तामाङद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रविरमण तिवारीले महिलाहरुबाट मात्रै सञ्चालित सहकारीले चौथो वार्षिक साधारणसभामा आउँदा सहकारीताको उदाहरण प्रस्तुत गरेको भन्दै प्रसंसा गरे । उनले शेयर सदस्य, समाज र राष्ट्र आर्थिक सामाजिक विकासका लागि सहकारीको महत्वपूर्ण भूमिका रहेको बताउँदै फ्याफुल्ला विकल्प महिला सहकारी आफ्ना सदस्यहरुको साँचो अभिभावक बनेको बताए ।
फ्याफुल्ला विकल्प महिला वचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष विष्णु तामाङको अध्यक्षतामा सम्पन्न साधारण सभामा लेखा परीक्षक ज्ञान बहादुर कार्की, तामाङ घेदुङको प्रमुख सल्लाहकार दीपक वाईबा तामाङ, तामाङ बौद्ध सेवा समितिका निवर्तमान अध्यक्ष टेकबहादुर तामाङ, वर्तमान अध्यक्ष केशबहादुर थिङ, तामाङ बौद्ध महिला समितिका अध्यक्ष बेलमाया तामाङ, योसरी तामाङ, शेयर सदस्यहरुको तर्फबाट मिनमाया तामाङ, विकल्प ज्ञान तथा विकास केन्द्रका सहजकर्ता यशबहादुर गुरुङ लगायतले मन्तव्य व्यक्त गर्दै फ्याफुल्ला विकल्प महिला वचत तथा ऋण सहकारी संस्था शेयर सदस्यहरुको सहारा बनेकोमा जोड दिएका थिए । साधारणसभामा उपाध्यक्ष शान्ति तामाङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम संचालन सचिव पवित्रा तामाङले गरेका थिए ।
Post a Comment