0
गोल्डेन न्यूज संवाददाता
मंसिर दोस्रो साता पूर्वाञ्चलमा आयोजना हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि कास्कीमा खेलाडि छनोट बिहिबारदेखि सुरु भएको छ । छनोट अन्तर्गत बिहीबार ब्याडमिन्टनका खेलाडी  छनोट गरिएको हो । पुरुष तर्फ अमित गुरुङ, विधान अधिकारी, सविन गुरुङ, दिपल गुरुङ, इशान खड्का र राजन अधिकारी छनोट भएका छन् ।
 
त्यस्तै महिला तर्फ आकृति केसी, स्वेच्छा श्रेष्ठ, सीमा शर्मा, प्रजिता गुरुङ छनोट भएको कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले जानकरी दिए । जिल्लाबाट छनोट भएका खेलाडिहरुले अव क्षेत्रिय छनोटमा सहभागी हुने छन् । क्षेत्रिय प्रतियोगितामा छनोट हुन सफल खेलाडिले सातौ खेलकुद प्रतियोगितामा सहभागीता जनाउने छ्न् । छनोट प्रतियोगिता अन्तर्गत शुक्रबार बक्सिङक खेलाडि छनोट हुने कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख बरालले जानकारी दिए ।
 
विहान आठ बजेबाट छनोट हुने बताइएको छ । त्यस्तै। ह्याण्डबल कात्तिक  १३ गते, कुलकन्टयाक कराँते १४ गते, कराँते र टेबुलटेनिस १५ गते, तेक्वान्दो १६ गते, बास्केटबल १७ गते र बक्सिङको २३ गते छनोट गरिने हुने छ । प्रमुख बरालका अनुसार फुटबल, एथलेटिक्स, भारत्तोलन, भलिबल, कवडी, उसु, जुडो, बृद्धिचाल, आइटिएफ तेक्वान्दो, सुटिङ, क्रिकेट, खो लगायतका खेलका खेलाडिहरु छनोट भैसकेका छन् । भने साइकिलिङ, जिम्न्याष्टिक, इस्क्वास,सेताक टाक्रो, लनटेनिस, गल्फ, ट्राथलन खेलका खेलाडिहरु सिधै प्रतियोगितामा सहभागी हुन पाउने प्रमुख बरालले जानकारी दिए । राष्ट्रिय प्रतियोगितामा सहभागी ३५ खेल मध्ये कास्कीले कुस्ती बाहेक ३४ खेलमा सहभागीता जनाउने छ । जिल्लामा छनोटमा विजेता खेलाडिले क्षेत्रीय छनोटमा सहभागीता जनाउन पाउने छन् ।



Post a Comment

 
Top