0
गोल्डेन न्यूज संवाददाता
पोखराको सिद्धार्थ क्लवलाई यस वर्षको स्वर्गीय नरहरि देवकोटा स्मृति समाजसेवा पुरस्कार प्रदान गरिने भएको छ । पोखराको बाटुलेचौरमा रहेको हिमालय क्लवद्वारा सञ्चालित उक्त पुरस्कार समाज सेवाको क्षेत्रमा संस्थागत रुपमा उल्लेखनीय भूमिका खेलेको भन्दै सिद्धार्थ क्लवलाई प्रदान गर्ने निर्णय भएको क्लवका सचिव मोहन थापाले जानकारी दिए । रामबहादुर बानिया संयोजक रहेको छनोट समितिले गरेको सिफारिसलाई क्लवले अनुमोदन गरेको हो । १५ हजार नगद, ताम्रापत्र सहितको पुरस्कार आगामी मंसिर १२ गते रक्तदान तथा चियापान कार्यक्रमका अवसरमा प्रदान गरिने सचिव थापाले बताए । यसअघि उक्त पुरस्कार पोखराका समाजसेवी एवम् उद्योगपति गणेशबहादुर श्रेष्ठलाई प्रदान गरिएको थियो । यसैवीच क्लव १८ वर्ष पुरागरी १९ औं वर्षमा प्रवेश गरेको खुशीयालीमा विहिवार साँझ दीपावली गरिएको थियो । क्लव परिसरमा आयोजित कार्यक्रममा सहभागीहरुले शुभकामना साटासाट गरेका थिए ।



Post a Comment

 
Top