0
गोल्डेन न्यूज संवाददाता
पोखराको चर्चित एलजी गु्रपका नाईके ललित गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक महिलालाई अपशब्द प्रयोग गरेको अभियोगमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो । पोखरा उपमहानगरपालिका वडानम्बर–१७ विरौटा बस्ने रेजिना गुरुङलाई पोखरा–१५ नयाँ गाउँ स्थित सार्वजनिक स्थलमा अपशब्द प्रयोग गरी कुटपिट गरेको जाहेरीका आधारमा उनलाई नियन्त्रणमा लिईएको प्रहरी नायव उपरीक्षक गोविन्द अधिकारीले जानकारी दिए । उनीमाथि अन्य सार्वजनिक अपराध मुद्वामा जिल्ला प्रशासन कार्यालयबाट म्याद थप गरी अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।

Post a Comment

 
Top