गोल्डेन न्यूज संवाददाता
पशुपति अनलाइन मिडिया हाउस प्रा.लि.द्वारा सञ्चालित फेवा न्यूज डटकमले एक दिने ‘पत्रकारिता र मानवअधिकार’ विषयक तालिम पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा आइतबार सञ्चालन गरेको छ । पत्रकारिता विषय लिएर अध्ययन गरेका उच्च मा.वि. तथा बि.ए.तेश्रो वर्षका विद्यार्थीहरुका लागि आयोजना गरिएको तालिममा ४५ जना विद्यार्थीहरु सहभागी भएका थिए । तालिमको उद्घाटन गर्दै जनप्रिय बहुमुखि क्याम्पस सञ्चालक समितिका अध्यक्ष दामोदर चालिसेले फेवान्यूले गरेको कार्यको प्रशंसा गर्दै तालिममा सिकेका कुरा व्यवहारमा उतार्न विद्यार्थीहरुलाई आग्रह गरे । उनले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गर्दै क्याम्पसले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाए । कार्यक्रमका विशेष अतिथि क्याम्पस प्रमुख विरञ्जी गौतमले यस्ता कार्यक्रम क्याम्पसले गर्नुपर्ने कार्य भएपनि स्वयं अनलाइन सञ्चारमाध्यम अन्तर्गतको फेवान्यूज डटकमले गरेको भन्दै आगामि दिनमा पनि यस्ता कार्यक्रमहरु सञ्चालन गर्न आग्रह गरे । क्याम्पसका उपप्राध्यापक तथा विषयशिक्षक वेदहरि तिमिल्सिनाले सञ्चार माध्यमको संख्या बढिरहेको सन्दर्भमा अनलाइन सञ्चारमाध्यम अन्तर्गतको फेवान्यूजले क्याम्पसमा गरेको तालिमले विद्यार्थीहरुमा नयाँ जोस जाँगरका साथै अनुभवहरु साटासाटको माध्यम र नयाँ भोगाइ सिकाइ हुने भएकाले तालिम फलदायि भएको बताए । तालिममा प्रमुख प्रशिक्षकको भूमिका निर्वाह गर्दै रेडियो सफलताकी प्रमुख दुर्गा अधिकारीले पत्रकारिताको बारेमा विद्यार्थीहरुलाई सहजीकरण गर्दै यस्ता कार्यक्रममा आफ्नो पनि सहयोग रहने बताइन । फेवान्यूज डटकमका प्रबन्ध निर्देशक विरेन्द्र सापकोटाको सभापतित्वमा भएको कार्यक्रममा विद्यार्थीहरु अविरल अधिकारी र दिपा थापाले तालिमबाट प्राप्त अनुभवलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा मानवअधिकार विषयमा सहजीरकण गर्दै फेवा न्यूज डटकमका प्रबन्ध निर्देशक विरेन्द्र सापकोटाले जनप्रिय बहुमुखि क्याम्पसबाट सुरु भएको तालिम सञ्चालन हरेक क्याम्पस तथा विद्यालयहरुमा लैजाने बताए । अनलाइनको पोखरा १, बगरमा मुख्य कार्यालय रहेको छ । कार्यक्रममा फेवान्यूज डटकमका अनमोल शर्मा, कार्यकारी निर्देशक अशोक पौडेल र सञ्चालन निर्देशक गंगासागर उपाध्यायले गरेका थिए ।
Post a Comment