0
गोल्डेन न्यूज संवाददाता
सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीको १० औं बार्षिक साधारणसभा सम्पन्न भएकोछ । कार्यक्रमको उद्घाटन गर्दै पश्चिम क्षेत्रीय प्रहरी कार्यालय पोखराको प्रमुख प्रहरी नायब महानिरीक्षक पंकज श्रेष्ठले कास्की जिल्लामा क्रियाशिल रहेका सामुदायिक सेवा केन्द्रहरुको कार्यक्रमहरु एवं गतिबिधि अत्यन्तै सकारात्मक र प्रभावकारी रहेको बताए । उनले सामुदायिकको यस्ता गतिविधिले समाजभित्र रहेका विकृति विसंगतिको न्युनिकरणका साथै सचेतनामूलक र विकास निर्माणका कार्यहरुमा सहयोग पुग्ने बताए । नेपाल प्रहरीको शान्ति सुरक्षा कायम गर्ने कार्यमा महत्वपूर्ण योगदान पु¥याईरहेको भन्दै श्रेष्ठले  सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समितिले कास्की जिल्लामा रहेका बिभिन्न सामुदायिक सेवा केन्द्रहरुलाई एक आपसमा समन्वय गराउँंदै सञ्चालन भईरहेका र गरिरहेका कार्यक्रमहरुका कारण पनि यसलाई थप सशक्त बनाउन साथै समाजमा स्थापित एवं आफ्नो पहिचान बनाउन सफल भएको बताए । आउने दिनहरुमा पनि सामुदायिक प्रहरी सेवा केन्द्रहरुको गतिबिधीलाई सबैजना एकजुट भई सशक्त पार्दै लगिनुपर्ने र समाज भित्रका वास्तविक समस्याहरुको पहिचान गरी थप कार्यक्रमहरु सञ्चालन गरिए थपसफलता प्राप्त हुने बताए ।
 
नागरिकहरुको जिउधनको सुरक्षार्थ नेपाल प्रहरी सदैव तल्लीन रहिरहेको उल्लेख गर्दै उनले सामुदायिक सेवा केन्द्रहरुको विकृति विसंगती न्युनिकरण एवं अपराध न्युनिकरण तथा नियन्त्रण लगाएतका बिभिन्न कार्यक्रमहरुका साथै गतिबिधिहरुमा नेपाल प्रहरीको सधैं साथ र सहयोग रहने प्रतिबद्धता जनाए ।
 
संस्थाका अध्यक्ष बिष्णु बहादुर भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रथम उपाध्यक्ष ध्रुब बहादुर क्षेत्री, नगर महिला समन्वय समिति पोखराका अध्यक्ष पबित्रा गुरुङ, सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका अध्यक्ष गजेन्द्रमान श्रेष्ठ, पोखरा उद्योग बाणिज्य संघका सदस्य एवं संस्थाका पूर्व अध्यक्ष सीता गुरुङ, कानुनी सल्लाहकार अधिवक्ता ज्ञानेश्वर पराजुली, पूर्व अध्यक्ष एवं सल्लाहकार गोमा ढकाल, संस्थापक अध्यक्ष मंगल बहादुर नेपाली, महासचिव चक्रपाणि सुबेदी, कोषाध्यक्ष सीता अधिकारी लगायतले आ–आफ्नो भनाइ राखेका थिए । कार्यक्रममा  अञ्चल प्रहरी कार्यालय गण्डकीका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बलराम शर्मा पौडेल, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक हरि बहादुर पाल, पश्चिम क्षेत्रीय सशस्त्र प्रहरी गण मुख्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्र प्रसाद अर्याल, सशस्त्र प्रहरी बल कालिका गण मालेपाटनका सशस्त्र प्रहरी नायब उपरीक्षक, बरिष्ठ मानव अधिकारवादी टेकनाथ बराल लगायत सहभागी थिए ।  कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले  कार्यक्रममा सामुदायिक सेवा जिल्ला समन्वय समिति कास्कीलाई बिशेष सहयोग गर्नु हुने पोखरा–१२ माटेपानी निवासी समाजसेवी शान्त कुमार श्रेष्ठलाई दोसल्ला ओढाई सम्मान गरेका थिए भने जिल्ला प्रहरी कार्यालय कास्की, कार्य समिति सदस्य दान बहादुर बस्नेत पोखरा–६ बैदामका समाजसेवी गणेश बहादुर भट्टराई, संस्थाका सचिव प्रेम बहादुर कार्की, पोखरा–९ शान्तिवनका विशेष सहयोगी प्रकाश पहारी तथा रामघाट–११ पोखरा रामघाट संरक्षण उपभोक्ता समितिलाई सम्मानपत्र प्रदान गरिएको थियो ।



Post a Comment

 
Top