0
गोल्डेन न्यूज संवाददाता
गिरी कम्प्लेक्स, न्यूरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) ले सेवा विस्तार गरेको छ । पश्चिमाञ्चलकै पहिलो रेफरेन्स ल्याब युआरएलले सेवा विस्तारका लागि हालै तीन अत्याधुनिक मेसिन भित्र्याएको छ । मेसिन भित्र्याइए पछि युआरएलमा विभिन्न खाना, धुलो, स्वासप्रस्वास आदिबाट हुने एलर्जीको परीक्षण सुरु भएको छ । यस्तै, रगत जमाउने तत्वहरूको अवस्था लगायतका परीक्षण कोयगुलेशन प्रोफाइल अन्तर्गत सुरु भएको ल्याब साइन्टिफिक अफिसर भुपेन्द्रराज पाण्डेले जानकारी दिए । यसबाट हेमोफिलिया लगायतका रोगका विरामीको उपचारमा सहज हुनेछ । यसैगरी, युआरएलले अत्याधुनिक मेसिनद्वारा पिसाब सम्बन्धी विभिन्न परीक्षण र वाथ सम्बन्धी जटिल र अति सम्वेदनशील परीक्षण पनि सुरु गरेको प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । डेड वर्ष अघि स्थापना भएको युआरएलबाट हालसम्म ३० हजार बढीले सेवा लिइसकेका छन् । हालसम्म ल्याबमा करिब पाँच करोड लगानी भइसकेको र यस क्षेत्रको अग्रणी ल्याब भएकाले आवश्यकता अनुसार सेवा विस्तार गर्दै जाने प्रबन्ध निर्देशक पन्तले जानकारी दिए । कास्कीका विभिन्न क्षेत्रमा निःशुल्क शिविरसमेत सञ्चालन गर्दै आएको युआरएलले काठमाडौं र विदेश पठाउनुपर्ने विभिन्न प्रकारका संवेदनशील र महङ्गा परीक्षणसमेत गर्दै आएको छ ।

Post a Comment

 
Top