0
गोल्डेन न्यूज संवाददाता
पोखरा उद्योग वाणिज्य संघले शुक्रबार छिमेकी लेखनाथ उद्योग वाणिज्य संघको नवनिर्वाचित अध्यक्ष, पदाधिकारी र कार्यसमिति लाई बधाई, सम्मान तथा स्वागत गरेको छ । लेखनाथ उद्योग वाणिज्य संघको यही असोज ३ गते सम्पन्न १० औँ अधिवेशनले लक्ष्मीप्रसाद त्रिपाठीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको थियो । पोखरा उद्योग वाािण्ज्य संघका अध्यक्ष विन्दुकुमार थापाले नवनिर्वाचित अध्यक्ष सहितको टोलीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै स्वागत गरे । उनले त्रिपाठीको कार्यकालमा दुई उद्योग वाणिज्य संघबीचको सम्बन्ध अझ प्रगाढ हुने आशा पनि व्यक्त गरे । एउटै उपत्यकामा रहेका दुई संघबीच समग्र उपत्यकाको आर्थिक र सामाजिक विकास एवं व्यवसायीक हकहितमा सदा सहकार्य हुँदै आएको सन्दर्भ उल्लेख गर्दै उनले बृहत्तर पोखरा निर्माणका निम्ति नयाँ बसपार्क, चक्रपथ, विजयपुरदेखि हेम्जासम्म ६ लेनको बाटो लगायतका विषयहरुमा साझा अवधारणा विकास त्यस अवसरमा बोल्दै लेखनाथ उद्योग वाणिज्य संघका नवनिर्वाचित अध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठीले  एउटै उद्देश्य प्राप्तिका निम्ति सँगै हिड्ने क्रमलाई अझ मजबुत बनाउने प्रतिवद्धता व्यक्त गरे । लेखनाथमा अत्याधुनिक बसपार्क, नयाँ औद्योगिक क्षेत्र लगायतका संरचनाहरु बन्न लागेको सन्दर्भ  उल्लेख गर्दै उनँले समग्र पोखराको विकासको लागि हातेमालो गरी अगाडि बढ्नुपर्नेमा जोड दिए । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले देश संघीयतामा गएको सन्दर्भमा व्यवसायिक मर्यादा भित्र बसेर व्यवसाय नगर्ने हो भने आउँदा दिन चुनौतिपूर्ण हुने बताए । पोखरा क्षेत्र नम्बर ४ को प्रादेशिक राजधानी भएकाले यहाँ धेरै विकासका कार्यक्रम नआउने बरु पोखराले यो क्षेत्रका समस्या समाधानमा लाग्नु पर्ने तथ्य औल्याउँदै उनले क्षेत्रको विकासका लागि चाहिने पूँजी निर्माण गर्दा करहरु बढी तिर्नु पर्ने अवस्था आउन सक्ने सम्भावना व्यक्त गरे । पश्चिमाञ्चल क्षेत्रीय उद्योग वाणिज्य संघका अध्यक्ष संजिवबहादुर कोइरालाले नयाँ संविधानमा उपभोक्ता अधिकारलाई महत्व दिइएको प्रसंग झिक्दै अबको व्यवसाय उपभोक्ता हितमुखी हुनुपर्नेमा जोड दिए ।
पोउवासंघका अध्यक्ष विन्दुकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा संघका द्वितीय उपाध्यक्ष मीनराज काफ्लेले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन संघका महासचिव रवीन्द्रबहादुर प्रजुले गरेका थिए ।

Post a Comment

 
Top