0
गोल्डेन न्यूज संवाददाता
लेखनाथ नगर पालिकामा रहेको अग्रेणी शौक्षिक सस्था विएमजी उच्च माविले चालु शौक्षिक सत्रलाई रजत महोत्सवका रुपमा मनाउने भएको छ । वि स २०४७ सालमा लेखनाथ नगर पालिकाको बडा नं १ सैनिकवस्ती पावरहासउसमा स्थापना भएको विएमजी उच्च माविले स्थापनाको २५औं बर्षगाठ पुरा गरेको अवसर पारेर विविध कार्यक्रमका साथ रजत जयन्ती महोत्सव मनाउन लागेको विद्यालयका प्रिन्सपल युबराज गुरुङले गोल्डेन न्यूज दैनिकलाई जानकारी दिए । रजत महोत्सवलाई विद्यार्थी र अभिभाबकका बीच प्रभावकारी तरिकारले संचालन गर्नका लागि विद्यालयका संस्थापक निर्देशक ईन्दिरा गुरुङको संयोजकत्वमा २५ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ भने अन्य विषयगत १५ वटा उप समिति र सात सदस्यीय सल्लाकार समिति गठन गरि महोत्सवको कामलाई तीव्रताका साथ अगाडि बढाईएको छ । रजत महोत्सव अन्तगर पहिलो चरणमा भाद्र २७ गते अन्तर्राष्ट्रिय हजुर बा हजुरआमा दिवसको अवसर पारेर जेष्ठ नागरिकको सम्मान, भाद्र २८ गते स्थानीय स्तरका आमा समूहका बीच खुल्ला तीज गीत प्रतियोगिता लगायत स्पोर्टस मिट, चित्रकला प्रतियोगिता, भूपू विद्यार्थी एवं शिक्षक पुनर्मिलन, निवन्ध लेखन प्रतियोगिता र फाल्गुण १ देखि ३ गतेसम्म मूल समारोहको कार्यक्रम गरिने भएको छ । गुणस्तरीय शिक्षा आजको आवश्यकता भन्ने मूल नाराका साथ स्थापना भएको विएमजी उच्च माविले विस २०५७ सालदेखि प्रवेशिका परीक्षामा विद्यार्थी सम्मिलित गराएर उत्कृष्ट स्थान हासिल गराउन सफल भएको छ भने विस २०६५ सालदेखि लेखनाथमा नै पहिलो पटक उच्च मावि तहको होटल मेनेजमेण्टको पढाई अध्यापन गराउन विद्यालय सफल भएको छ । स्थापनाको छोटो समयमा नै गुणस्तरीय शिक्षा दिन सफल यस विद्यालयमा अहिले मावि र उच्च मावि गरि करिब आठ सय ४० विद्यार्थी अध्यनरत छन् भने शिक्षक र कर्मचारी गरि करिब ६२ जना रहेको विद्यालयले जनाएको छ ।


Post a Comment

 
Top