0
गोल्डेन न्यूज संवाददाता
जिल्ला प्रहरी कार्यालय कास्कीमा नयाँ आएका प्रहरी नायब उपरीक्षक गोबिन्द अधिकारी तथा सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका  नयाँ कार्य समिति सदस्यहरुको स्वागत तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की एवं कास्की जिल्लामा क्रियाशिल सामुदायिक सेवा केन्द्रहरु पृथ्वीचोक, बैदाम, बगर, माटेपानी, लेखनाथ र कालिकाद्वारा आयोजित एक कार्यक्रममा उनीहरुलाई स्वगत एवं सम्मान गरिएको हो । सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष बिष्णु बहादुर भट्टराईको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायब उपरीक्षक गोबिन्द अधिकारी एवं १५ औं साधारणसभा तथा आठौं अधिबेशनबाट सर्बसम्मत चयन भएका सामुदायिक सेवा केन्द्र पृथ्वीचोकका नयाँ कार्यसमिति सदस्यहरु अध्यक्ष गजेन्द्रमान श्रेष्ठ, उपाध्यक्ष जयराम अधिकारी, सचिव धर्मदत्त आचार्य, सह–सचिव उर्मिला भट्टराई, कोषाध्यक्ष बिपिन अधिकारी, सदस्यहरु कल्पना बराल (सापकोटा), सुरेन्द्र श्रेष्ठ, शन्ती राणा, निरञ्जन बजिमय, मिमलाल श्रेष्ठ, उत्तम जोशी, हरि प्रसाद पाण्डेय, राम बहादुर रजक, प्रेम पहारी र चन्द्र गिरीलाई पनि अबीर, फूलमाला र खादा लगाई पैर्ण कार्यकालको सफलताको शुभकामना ब्यक्त गरिएको थियो । प्रमुख अतिथि प्रनाउ अधिकारीले कास्की जिल्लामा क्रियाशिल सामुदायिक सेवा केन्द्रहरु अत्यन्त सकारात्मक सोचले भरिएका पदाधिकारीहरुको सक्रियताका साथ अग्रसर रहेको सुनेको र आजका कार्यक्रमको प्रस्तुतिकरणबाट पनि साक्षात्कार हुन पाउंदा थप उत्साहित भएको बताए । उनले सामुदायिक सेवा केन्द्र आफैंमा एक पबित्र संस्था भएकाले  समाजका हरेक पेशा ब्यबसायमा संलग्न नागरिक समुदायको उत्तिकै रचनात्मक सहयोगको आवश्यकता रहेको उल्लेख गरे । कार्यक्रममा पृथ्वीचोक सामुदायिकका अध्यक्ष गजेन्द्रमान श्रेष्ठ, पुर्ब अध्यक्ष एवं सल्लाहकार सीता गुरुङ, सल्लाहाकार डा. दिल बहादुर क्षेत्री, निबर्तमान अध्यक्ष लाल बहादुर श्रेष्ठ, संस्थापक अध्यक्ष मंगल बहादुर नेपाली लगायतले शुभकामना मन्तब्य राखेका थिए ।  प्रथम उपाध्यक्ष धु्रवब बहादुर क्षेत्रीको स्वागत मन्तब्य रहेको कार्यक्रममा अध्यक्ष बिष्णु बहादुर भट्टराईले सहभागी सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।  कार्यक्रममा प्रहरी ईन्चार्ज प्रहरी निरीक्षक मेघराज गुरुङले सामुदायिक सेवा केन्द्रहरुबाट आषाढ र श्रावण महिनामा सम्पन्न कार्यक्रमहरुको प्रतिबेदन प्रस्तुत गरेका थिए भने कार्यक्रम सञ्चालन महासचिव चक्रपाणि सुबेदीले गरेका थिए ।


Post a Comment

 
Top