हिमाल पारीको जिल्ला मुस्ताङ्गको टुकुचे गाविसलाई बिहीबार पूर्ण खोप गाविस घोषणा गरिएको छ । गाविसका सवै वालवालिकाहरुले तोकिएको उमेर समय भित्र सवै खोपको मात्रा पुरा गरेको सुनिश्चित गरिएकोले उक्त गाविसलाई जिल्लाकै तेश्रो पूर्ण खोप गाविस घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङ्गका खोप अधिकृत वद्री आचार्यले जानकारी दिए । गाविस सचिव मिलन श्रीष रानाको अध्यक्षतामा भएको घोषणा सभामा मुस्ताङका प्रमुख जिल्ला अधिकारी नरहरी बराल, स्थानीय विकास अधिकारी तथा खोप समन्वय समितिका अध्यक्ष वलदेव प्रसाद जोशी, जिल्ला स्वास्थ्य प्रमुख शम्भुप्रसाद ज्ञवाली, खोप अधिकृत वद्री आचार्य, कार्यक्रमका संयोजक पथ वहादुर थकाली लगायतले बोलका थिए । कार्यक्रममा शिक्षक विद्यार्थी, नागरिक समाज, संघ संस्था, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरुको विशाल रयालीे, वाजागाजा प्लेकार्ड सहित वजार परिक्रमा गरी घोषणा सभामा परिणत भएकोे थियो । यसअघि कुन्जो र मार्फा गाविसलाई पूर्ण खोप गाविस घोषणा गरिसकिएको वताइएको छ । खोप अधिकृत आचार्यका अनुसार आगामि कार्तिक सम्ममा मुस्ताङ जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment