नेपाल विश्वको नक्सामा एउटा सानो र विकासन्मुख राष्ट्रि हो भने विश्वको अग्लो चुचुरो सगरमाथको देश पनि हो । विश्वमा विरलै भेटिने बहुसांस्कृतिक, बहुभाषिक, बहुजाती भएको देश हो । यस देशका अधिकांश जनताहरु कृषि पेशामा लागेका छन् । विश्वका अन्य राष्ट्रको तुलनामा यहाँका मानिसहरुको आय स्रोत पनि निकै कम रहेको छ । त्यसकारण यहाँका मानिसहरुको रोजगारी पनि निकै कम मान्छेले पाएका छन् । मानिसहरुले काम गर्नका दुखले विभिन्न संगठन र संघ वा पार्टीमा लागि फुलटाईम भोलिएन्टर भएर काम गरेको पाइन्छ । जब मानिसले काम पाउँदैन उ विभिन्न किसिमका नराम्रा काममा लाग्न बाध्य हुन्छ । बेरोजगारी समूहले देशलाई नै तहसनहस पार्ने काम गर्दछ त्यो समूहले तोडफोट, डकैती, लुटपाट, चोरी, बलात्कार जस्ता जघन्य अपराध गर्न तल्लीन हुन्छ । यस्ता अपराधी मनसाय भएका व्यक्तिहरु नेपालका विभिन्न पार्टीमा घुसी उनीहरुले नै हालीमुहाली चलाएका हुन्छन र पार्टीको बदनाम बनाउने काम तल्लीन हुन्छ भने आफ्नो स्वार्थ पूर्ति गर्नका लागि पार्टीलार्य उपयोग गरेका हुन्छन् । विश्वका विकशित राष्ट्रहरुमा दुई वटा पार्टी मात्र छन् । जस्तै अमेरीका, जापान, बेलायत, फ्रान्स जस्ता विकसित राष्ट्रमा दुईवटा मात्र पार्टी छन् । तर नेपाल जस्तो सानो, अल्पविकसित, भूपरिवेष्टित राष्ट्रमा ६० वा ६५ वटा पार्टीहरु छन् । जति धेरै पार्टी हुन्छन् त्यती धेरै मागहरु राष्ट्र सामु तेर्साउछन् ती सवै माग पुरा गर्न सरकारले सक्दैन भने कतिपय माग त राष्ट्र टुक्राउने र एकदलीय सरकार सञ्चालन गर्ने र जनताको हितमा भन्दा पनि वा राष्ट्रको हित विपरीत मागहरु राखि आन्न्दोलनको घोषणा गर्दछन् । आन्दोलन केका लागि र किन भन्दा पनि व्यक्ति वा पार्टीको स्वार्थका लागि गरेको पाइन्छ । विभिन्न राजनैतिक दलहरुले आफ्नो माग पुरा गराउनका लागि विभिन्न किसिमका आन्दोलनका पक्रिया नअपनाई वा रचनात्मक आन्दोलनको बाटो नरोजी केवल हिंसात्मक बाटो रोजेको पाइन्छ । नेपाली जनताले ६५ वर्ष अगाडी देखि उठाउँदै आएको माग, वि.सं. २०६२÷०६३ सालको आन्दोलनले स्थापित गरेको माग पुरा हुन्छ कि भन्ने अवस्थामा पुगेको बेलामा नेपाली जनताको इच्छा, चाहानालाई पुरा हुन नदिनका लागि विभिन्न नेपाली जनताका विरोधी अग्रवामपन्थी र दक्षिणपन्थी दलहरु सक्रिय छन् । यी नेपाली जनताका विरोधी दलहरुले कहिले एक नम्बर प्रदेश बन्त त कहिल छ नम्बर प्रदेश बन्दको आव्हान गरी जनतालाई दुःख दिने काम गरि रहेका छन् । हुँदा हुँदा त एक नम्बर प्रदेश देखि पुरै ६ नम्बर प्रदेश बन्दको आव्हान गर्न पुगेका छन् । सीमित व्यक्तिको स्वार्थका लागि देश नै ठप्प पार्ने काम गर्नु ठिक हो त ? बल्ल बल्ल देश बामे सार्न लागेको बेला देशलाई नै तहसनहस पार्ने, देशमा आर्थिकको संकट पार्ने काम गर्ने, राजस्व संकलन ठप्प पार्ने र देशलाई नाइजेरिया बनाउन खोज्ने तत्व प्रति हामी सवै सजक र होसियारी बन्नु पर्दछ । देशमा आमहडताल, नेपाल बन्द जस्ता जनतालाई दुःख दिने काममा श्रृखला बढ्न थालेका छन् । आम नेपाली जनताले खेतवारीमा काम गर्नै, घाँस दाउरा गर्ने बेलामा आन्दोलनको बेमौसमी बाजा बजाई आन्दोलति गर्न खोज्नु कति ठिक कति बेठिक हामीले मुल्याङ्कन गर्नै बेला भई सकेको छ । नेपाली जनताको त्याग र बलिदान पूर्ण आन्दोलनबाट स्थापित गणतन्त्र लोकतन्त्रबाट नेपाली जनताका प्रतिनिधी र नेपाली जनता आफै सहभागी भएर बन्न लागेको नेपालको संविधान २०७२ लाई आउन नदिनका लागि देशी विदेशी नेपाल विरोधी तत्वहरु सक्रिए भएका छन् । ती तत्वहरुलाई नेपाली जनताले पूर्ण रुपमा निस्तेज पार्ने छन् । नेपाली जनताको भेल उर्लियो भने आमहड्ताल गर्ने, बन्द गर्ने तत्वहरुलाई साउन भदौको भेलले बडारेर लग्ने छ त्यती बेला हामीले त राम राम भन्नु सिवाय अरु केही हुने छैनन् । नेपाली जनतालाई अब बढी दुःख दिने काम नहोस् जनताको अपार शक्तिलाई समुन्द्रको बेगले समेत रोकन सक्ने छैन । अब नेपाली जनता चुप लागेर बस्ने वला छैनन् । आन्दोलनकारी दल वा समूहले राम्रोसँग बुझे हुन्छ । आन्दोलन र आमबन्दले गर्दा भोलीका कणधार, भोलीका यस देशका होनहार राजनीतिज्ञहरु, विद्यार्थी वर्ग अब धेरै सहेर बस्ने वला छैनन् । सचेत युवा विद्यार्थीको नैसंगीक अधिकारलाई रोक्न खोज्न ति परिर्वतन विरोधी समूहलाई ठेगान लगाएर छाडने छन् । विद्यार्थीको पढ्न पाउने अधिकार माथि कसैले धावा बोल्ने काम नहोस्, विद्यार्थी उठे भने ति समूह वा दल इतिहासको पानामा सिमित बन्न बाध्य हुनुपर्ला । अहिले देशलाई बन्दको श्रृखला धकेल्ने, मदेश केन्द्रीत दल र केही जनजाती यथास्थितिवादी र उग्रवामपन्थी दलहरु ह्न । यिनीहरुले नेपाली जनताको प्रतिनिधित्व गरी आन्दोलन गरेका छैनन् यिनीहरुले धनि, कुलिन वर्गको प्रतिनिधि गरेका छन् । किनभने दिनभरी काम गरी हात मुख जोर्ने वर्गले काम गर्न पाएका छैनन् उनीहरुका परिवार भोकभोकै बस्नु परेको छ भने निम्नवर्ग र मध्यम वर्गको हित विरोधी काम गरी कुलिन वर्गलाई फाइदा पुग्ने काम भै राखेको छ । कुलिन वर्गले आफ्नो घरमा भएको सामानको मुल्य दिनमा दुई गुणा र रातमा चार गुणा वृद्धि गरी हामीहरुको ढाड सेक्ने काम भएको छ । हामीले बाच्नका लागि जे जति भएपनि खानै पर्छ यसले गर्दा धनी वर्ग दिन प्रतिदिन धनि बन्दै जान्छन् भने गरिव झन गरिव बन्दै जान्छन् । यो अवस्था यही बन्दको श्रृंखलाले बनाएको त हो ? बन्दले गरी खाने वर्गलाई मात्र दुःख दिने गर्छ । बन्दको प्रत्यक्ष मार विद्यार्थी र गरिखाने वर्गालार्य मात्र पर्दछ । यस।री दिन दिनैको बन्दले त देशमा शुरु भएका विकास निर्माणका काम पनि ठप्प हुन पुगेका छन् भने नयाँ काम शुरु हुन पनि अप्ठीयारो परिरहेको छ । बन्द केका लागि र किन भन्ने प्रश्नको उत्तर दिन बन्दकर्ताले दिन सक्दैन बरु उनीहरुले त देश जनतको हितको लागि भन्दछन् । बढो हासो उठने उत्तर दिएर जनतालाई दिग भ्रमित पार्दछन् । यदि देश जनताको लागि बन्द वा आन्दोलन भए त जनता पनि उठनु पर्नै होइन र ? केवल बन्द आव्हान गर्ने दल वा समूहका २,४ जना कार्यकर्ता मात्र बाटोमा देखिन्छन् । यस्तो सानो समूहलाई पनि राज्यले तह लगाउन नसकेर हामी तै चुप मै चुप लागे बस्नु पर्ने के देशमा सरकार छ कि छैन् । यदि सरकारले कडा कारवाही गर्ने हो भने त बन्दको संस्कृति सदाको लागि बन्द हुनी थियो होला । बन्दले गर्दा देश कंगाल बन्दछ भन्ने कुरा बन्दकर्ताले नबुझेका हुन की बुझी बुझी पनि अझ देशलाई झन तहसनहस पार्न खोजेका हुन् तिनीहरुको पहिचान गरी राज्यले देशलाई कंगाल बनाउन खोज्ने समूह, पार्टी वा दललाई चिनी उनीहरुलाई कडा भन्दा कडा कारवाही गर्नुपर्छ । बन्द गर्ने, तोडफोड गर्ने समूहलाई वा पार्टीलाइ त्यो दिनमा राज्यलाई कति राजस्व घाटा लाग्दछ त्यो सवै बन्द गर्ने समूह वा पार्टीबाट असुल उपर गर्ने नीति राज्यले लिने र असुल उपर गर्न नसक्नेलाई दल वा समूहका आवछ व्यक्तिलाई आजिवन कारावासको सजाय दिने नीति सरकार त्याएमा यस्ता बन्द हडताल कम हुने थिए । आन्दोलनका अन्य रुपहरु लिन तर्फ ध्यान आकर्ष हुनु जरुरी छ । नेपाल सरकारले पनि यस्तो नीति लिनु प¥यो की बन्द गर्ने तोडफोड गर्नेलाई कार्वाही गर्ने र उनीहरुका मागहरु पुरा गर्न तर्फ ध्यान नदिने तर रचनात्मक आन्दोलन गर्नेका मागहरु पुरा गरी दिने वा सरकारले पुरा गर्न सक्ने मागलाई पुरा गरि दिएमा यस्ता बन्द हड्ताल कम हुनी थिए की ? बन्दको संस्कृति बनाउने काम नेपाल सरकारले पनि गरे जस्तो देखिन्छ । किनभने बन्द र तोडफोड गरेपछि मात्र सरकार वार्तामा बस्ने र उनीहरुका माग सम्बोधन गर्ने काम गर्नु ठिक हो त ? यो त सरासर गल्ती हो । नेपाल सरकारको पक्षमा झण्डै ९०५ जनताको समर्थन रहेको छ । १०५ मान्छेले ९०५ लाई दुःख दिन्छन् भने नेपाल सरकार चुप लागेर बस्नु हुँदैन । सरकारले कडा कारवाही गर्नुपर्दछ । नेपाली जनताको लामो समय पछि पुरा हुन लागेको चाहानालाई कसैले वा कुनै समूह दलले रोक्न खोज्ने प्रयास गर्दछ भने त्यो समूह दलको विरुद्धमा नेपाली जनता उठने छन् । होसियार बन्दकर्ता साथीहरु अब तपाईहरुले बन्द गर्नु भन्दा जनताको मन जित्ने काममा लाग्नु होस् होइन भने तपाइहरु आफै मरिच चाउरीय झै चाउरीनु हुन्छ । नेपाली जनताको स्थापित हुन लागेको अधिकारलाई यस्ता साना तिना आन्दोलन र बन्दले रोक्ने वला छैन अब जनता अगाडी बढी सके, हे बन्दकर्ता साथीहरु तपाईहरुले बन्द फिर्ता गरी जनतालाई अधिकार दिने काममा लाग्नुहोस् यसैमा तपाईहरुको कल्याण हुने छ । विश्वमा कहि पनि बन्द र हड्तालबाट आन्दोलन सफल भएका छैन केवल वार्ता र सम्बादबाट नै सफल भएका छन् । विश्वका कुनै पनि राष्ट्रमा धर्म, जातीवादका आन्दोलन सफल भएका छेनन् र नेपालमा पनि सफल हुने छैन् । आन्दोलन सफल हुनका लागि प्रत्यक्ष जनतालाई प्रभाव पार्ने खालका जनताका माग हुनुपर्छ । अब बन्द सदाको लागि बन्द गर । अब बन्दको विकल्प खोज्नुपर्छ । बन्द हड्तालको बाटो नरोजौं, शान्तिपूर्ण आन्दोलन गरौं ।
Subscribe to:
Post Comments (Atom)
Post a Comment