गोल्डेन न्यूज संवाददाता
नेपाल खानेपानी संस्थानका अध्यक्ष डा. परमेश्वर पोखरेलले सस्थानमा सिमित ब्यक्तिको हालीमुहाली हुँदा समस्या परेको बताएका छन् । सञ्चालक समितिको निर्णयलाई समेत आफू अनुकुल व्याख्या गरी कर्मचारीको हितमा केही व्यक्तिले सस्थानलाई धोका दिएको समेत बताए । लामो समयसम्मको करारमा रहेका कर्मचारीहरु निरास वनेको अवस्थामा निरास नहुन आग्रह गर्दै कर्मचारी संघ÷संगठनहरु चुप लागेर वस्न नहुने तर्क राखे । नेपाल खानेपानी संस्थान कर्मचारी संघ इकाई समितिद्वारा आयोजित असारे १५ पर्व तथा एसएलसी–०७१ उत्तिर्ण कर्मचारीका छोराछोरीलाई सम्मान कार्यक्रमका प्रमुख अतिथि डा. पोखरेलले कर्मचारीको आशा र भरोसालाई पुरा गर्न आफू लागिपरेको बताए । सस्थानका अगुवा कर्मचारीले जागीर लम्व्याउने प्रक्रियामात्र गर्दा आफूलाई काम गर्ने वातावरण नभएको समेत बताए । सस्थानले राम्रो काम गर्न कुनै पनि सस्थाले बाधा नपु¥याउने भन्दै निजीकरण प्रक्रियामा सस्थान अनुकुल भएमात्र स्वीकार्ने बताए । उनले अख्तियार, सर्वोच्च तथा सतर्कता केन्द्रलाई इंगित गर्दै राम्रो काम गर्न बाधा नदिने ठोकुवा समेत गरे । संघका इकाई अध्यक्ष नरेन्द्रमान श्रेष्ठको अध्यक्षमा सम्पन्न कार्यक्रममा पोखरा शाखाका कार्यालय प्रमुख बुद्धरत्न महर्जनले कर्मचारी संघले कर्मचारीबीचमा सकारात्मक सन्देश प्रवाह गरेको बताए । कर्मचारी संघका केन्द्रीय कोषाध्यक्ष भरत अधिकारीले आन्दोलन गरेमात्र सफल हुने बताउँदै देश भरका कर्मचारीहरु एकजुट हुन आग्रह गरे । कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेस पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष मुरारी शर्माले समस्या पहिचानगरी कर्मचारीको हकहितमा लाग्न व्यवस्थापनलाई आग्रह गरे । एसएलसी उत्तिर्ण विद्यार्थी प्रविण देवकोटालाई सम्मानपत्र, खादा र नगदले सम्मान गर्दै आगामी शैक्षिक क्षेत्र सफलताको कामना गरिएको थियो । संघले विगतमा संघलाई पु¥याएको योगदानको कदर गर्दै मनहरि वराल, बन्धुराज पराजुली, कृष्णहरि वाग्ले र शुभद्रादेवी शर्मालाई कदरपत्रले सम्मान गरेको संघका सदस्य भोजराज चापाँगाईले जानकारी दिए । दहि च्युरा खाने कार्यक्रममा नेपाल ट्रेड युनियन काँग्रेसका जिल्ला उपाध्यक्ष ज्ञाज शर्मा, सार्वजनिक सेवा कर्मचारी संघका जिल्ला अध्यक्ष विष्णु शंकर ख्वाउजू, सम्मानित विद्यार्थीका अभिभावक कृतिनाथ देवकोटा, खानेपानी सस्थान कर्मचारी संगठनका केन्द्रीय सचिव बसन्तराज भण्डारी लगायतले सस्थानमा छिटो भन्दा छिटो कर्मचारीको व्यवस्थापन गर्न अनुरोध गरेका थिए । संघका सल्लाहकार बन्धुराज पराजुलीको स्वगत मन्तव्यमा भएको कार्यक्रमको सञ्चालन सचिव केदार धमलाले गरेका थिए । कार्यक्रममा विन्ध्यवासिनी इकाई प्रमुख दिनेश्वरप्रसाद यादव, लेखा प्रमुख जिवनाथ ज्ञवाली, नेपाल प्रेस युनियन कास्कीका सदस्य पदम श्रेष्ठ लगायतको सहभागितामा कार्यक्रम सम्पन्न भएको थियो ।
Post a Comment